बाँकेमा पर्याप्त मल आयात, धान खेतीको समयमा मलको समस्या नहुँने

नेपालगन्ज : प्राय खेतीपातीको समयमा रासायनिक मलको हाहाकार हुने गरेको बाँकेमा यतीबेला भने पर्याप्त मात्रामा मल आयात भएको छ ।

हिउँदेबालीलाई आवश्यक पर्ने बेला समयमै मल आयात नभएपनि अहिले भने प्रयाप्त मात्रामा मल आयात भएको हो ।
कृषि सामाग्री कम्पनी लिमिटेड शाखा कार्यालय नेपालगन्जका अनुसार कार्यालयको यसबर्षको लक्ष्य ४ हजार मेट्रिक टन युरिया, २ हजार ३ सय मे.टन डिएपी र ८० मे.टन पोटास रहेकोमा हालसम्म १ हजार २५ मे.टन युरिया, ७ सय ९० मे. टन डिएपी र ८८ मेट्रिक टन पोटास बिक्री भइसकेको छ । हाल कम्पनीको गोदाममा करिव साढे १२ सय मेट्रिक टन मल मौज्दात रहेको कम्पनीले जनाएको छ । कार्यालयका शाखा प्रवन्धक रमेशकुमार पौडेलले यसबर्ष मलको मौज्दात धेरै भएकोले धान खेतीको समयमा मलको समस्या नहुँने बताए ।