बर्दियामा बाघको आक्रमणबाट भैसी चराउन गएका एक बृद्धको मृत्यु

राजापुर : बर्दियामा भैसी चराउन गएका एक वृद्धलाई बाघले आक्रमण गरी मारेको छ । राजापुर नगरपालिका वडा नं. १० कालावन्जारका ६५ बर्षिय लालबहादुर चौधरीलाई गेरुवा गाउँपालिका ६ बाझपुरको नौलो वास सामुदायिक नर्सरीवाट बाघले झम्टेर जंगलभित्र लगि मारेको हो ।
बर्दिया राष्ट्रिय निकुन्जका अनुसार चौधरीलाई सोमबार दिउसो साढे एक बजेतिर बाघले आक्रमण गरी जंगलतीर लगेको थियो । बाघले आक्रमण गरेको खवर पाए पस्चात निकुन्जवाट तीनवटा हात्तीमा आएको निकुन्ज टोलीसहित सेना प्रहरी र स्थानीयको सहयोगमा खोजी गरी बेलुकी करीव ६ बजेतीर लास भेटीएको निकुन्जका सहायक संरक्षण अधिकृत असिमकुमार थापाले बताए । ‘चौधरीको पछाडीको भाग बाघले खाएको अवस्थामा लास भेटीएको छ’ उनले भने ।
यसअघि दुई महिना अघि गत पुस १७ गते मोटरसाइकलमा सवार कैलालीको लम्कीकी एक महिलालाई बाघले झम्टेर ज्यान लिएको थियो । बर्दिया निकुन्जमा बाघको संख्या बढेसंगै मानिसमाथी आक्रमणका घटका बढीरहेकोले स्थानीयवासी त्रसीत भएका छन् । (तस्बिर ठाकुर अकेला)

Leave a Reply

Your email address will not be published. Required fields are marked *