६ जना महिलासहित ३५ जनाद्वारा रक्तदान

नेपालगन्ज : जनमत अद्र्धसाप्ताहिकको त्रैमासिक रक्तदान कार्यक्रमको ४८ औं श्रृङ्खलामा ३५ जनाले रक्तदान गरेका छन् ।
ग्लोबल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नेपालगन्जसँगको सहकार्यमा जनमतले मंगलबार आयोजना गरेको रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, शिक्षक, कर्मचारीलगायत ६ महिलासहित ३५ जनाले रक्तदान गरेको जनमत सम्पादक पूर्णलाल चुकेले जानकारी दिए ।

सम्पादक चुके र सहकारीका प्रमुख गणेशबहादुर शाहीले प्राविधिक होमराज गिरिलाई रक्त संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रम सुरु गरिएको थियो । जनमतको रजत वर्ष–२०६३ देखि हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रम गर्दै आएको छ । रक्तदान कार्यक्रम संयोजक पवन जायसवालका अनुसार अहिलेसम्म २ हजार ८ सय प्रिन्ट रगत संकलन भइसकेको छ ।