राप्ती नदीमा बाढीको कृत्रिम अभ्यास (फोटो फिचर)

बाँकेको राप्ती नदीमा बाढीको कृत्रिम अभ्यास गरिँदै । फोटोहरु : रुपन ज्ञवाली

सिधनियाँ घाट (बाँके) : जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा शुक्रबार राप्ती नदीमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ ।
नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, रेडक्रसको सहभागितामा बाढीमा खोज तथा उद्दार तथा प्राथमिक उपचार केन्द्रित कृत्रिम अभ्यास गरिएको थियो । कार्यक्रममा जिल्ला विपद व्यव्थिापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, सहायक रथी हरेन्द्र पाठक, प्रमुख सेनानी नकुल थापा, सशस्त्र प्रहरी बलका उपरीक्षक अशोक बम, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक नरेन्द्र गिरी, नेपाल रेडक्रस सोसाइटी बाँकेका सभापति गोवर्धन सिंह सम्झना, जल तथा मौसम विभाग कोहलपुरका प्रमुख विनोद पराजुलीलगायतको सहभागिता रहेको थियो ।