डुडुवामा खाद्य सुरक्षा र अधिकार सुनिश्चितत गर्न रणनीतिक योजना बनाइँदै

नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि रणनीतिक योजना बनाउन लागेको छ ।
फियान नेपालको सहकार्यमा डुडुवाले शनिबार खाद्य तथा पोषण सुरक्षा रणनीतिक योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको हो ।
छलफलमा खाद्य तथा पोषण सुरक्षा योजना निर्माण देखिएको समस्या, चुनौती र कार्ययोजना निर्माण गर्दै आगामी दिनमा अघि बढने योजना बनाइएको फियान नेपालका क्षेत्रीय संयोजक सुरेश गौतमले बताए ।
कार्यक्रममा खाद्य तथा पोषण विज्ञ लुमनाथ अधिकारि, फियानका वित्त ब्यवस्थापक विनोद पाण्डेय, कार्यक्रम अधिकृत लक्ष्मी गुरुङ, फियानका कानुन तथा क्षमता विकास अधिकृत मुकुन्द राना र कर्यक्रम अधिकृत प्रकाश नेगीले कार्यशालामा सहजीकरण गरेका थिए । कार्यशालामा प्रतिनिधिसँगै कार्यपालिका सदस्य, कृषि, स्वास्थ्य, शिक्षा, महिला बालबालिका र पशुपन्छी, विकास शाखा प्रमुखहरु सहभागी थिए ।