सत्तीघाट पुल बैकल्पिक रुपमा संचालन गरिने

तस्बिर : गान्दिप कायस्थ

राजापुर : बर्दियाको राजापुर स्थित बर्दिया र कैलाली जोड्ने सत्तीघाट पुल तत्कालका लागि बैकल्पीक रुपमा संचालन गरिने भएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद व्यवस्थापन समितिको बैठकले पुल बैकल्पीकरुपमा संचालन गर्ने निर्णय गरेको हो ।

राजापुर नगरपालिकाका मेयर शिबकुमार थारुका अनुसार तत्कालका लागि पैदल यात्रीका साथै मोटरसाईकल र साईकलमा आवत जावत गर्ने यात्रुको आवागमन सुचारु गर्न नगरपालिकाले फलामको पुल बनाएर व्यवस्थापन गर्ने, डिल भत्कीन नदिनका साथै पुलको सुरक्षाका लागि संरक्षण गर्ने कार्य गर्ने र स्पान थप गर्नको लागि मन्त्रालयमा माग गर्ने निर्णय गरिएको हो ।
कर्णाली नदीमा पानीको बहाव बढेसंगै सत्तीघाट पुलको एप्रोच स्ल्याब शनिबार भत्कीएको हो । राजापुरतर्फको पुल किनारमा रहेको स्ल्याव भत्कीएसंगै बर्दिया र कैलाली विचको आवागमन अवरुद्ध भएको छ ।