खजुराका ४० युवालाई ४० हजारका दरले अनुदान, ३ वर्षमा गाउँपालिकाले ५ करोड लगानी गर्ने
खजुरा : खजुरा गाउँपालिकाका ४० जना युवालाई व्यवासाय संचालनका लागि ४० हजारका दरले अनुदान रुकम वितरण गरिएको छ । गाउँपालिका क्षेत्र भित्रका करीब २ सय युवालाई व्यवसायिकतामार्फत रोजगारीमा जोड्ने अभियान अन्तरगत गाउँपालिकाले हेफर प्रोजेक्ट नेपालको सहकार्यमा उनीहरुलाई बाख्रा र बंगुर पालनका लागि आईतबार उक्त रकम वितरण गरेको हो । व्यवसायिक योजना अनुरुप अगाडि बढेको खण्डमा उनीहरुलाई सहयोग रकम थप हुँदै जाने बताइएको छ । उक्त कार्यक्रमको इन्रुडेकले समन्वय गरेको छ । शुरुवात भएको यो परियोजना ३ वर्षसम्म संचालन हुने जनाइएको छ ।
खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले युवा उद्यमीलाई अनुदान रकमको चेक हस्तान्तरण गर्दै २ सय युवाहरूलाई उधमशिलता विकास अन्तरगत ३ वर्षमा ५ करोड रुपैयाँ लगानी गर्न लागेको बताए ।
उनले बाख्रा, बंगुर र ट्रकी पालनमा जोड दिएकोमा हाल बाख्रा र बंगुर पालनको मात्र माग भएको बताए । चालू आर्थिक वर्षमा ४० जनालाई बाख्रा र बंगुर पालनका लागि ४० हजारका दरले दिइएकोमा आगामी दिनमा २ सय जनामा विभिन्न व्यवसाय संचालनका लागि उक्त कार्यक्रम संचालन गरिने उनले बनाए । निर्वाचित भएको ४ वर्षमा १०१ बुँदे घोषणापत्रमा ६८ बुँदा पूरा गरेको पनि उनले जानकारी दिए । अध्यक्ष कक्षपतिले कोभिडले विकास र नियमितमा काममा प्रभाव पारेकोले ग्रीन सिटीको २ अर्बको प्रोजेक्ट अगाडि बढ्न नसककोमा निकट भविष्यमा अगाडि बढने बताए । उक्त कार्यक्रम अन्तरगत आमा, बहिनी समूह गठन र आधाशिला तालिम दिइने छ । खजुरा गाउँपालिका उपाध्यक्ष एकमाया विकले युवाहरूलाई उद्यमी बनाउने उद्देश अनुरुप युवाहरूलाई अनुदान दिइएकोमा व्यवसायिक योजना बनाएर अगाडि बढ्न आग्रह गरिन । कार्यक्रममा इन्रुडेकका अध्यक्ष धर्मलाल रोकायले वैदेशिक रोजगारबाट फर्किएका वा युवा जो उद्यम गर्न चाहन्छ त्यस्तालाई सहयोग पु¥याउँदै उद्यमशीलताको माध्यमबाट रोजगारी सृजना गर्न कार्यक्रम लागू गरिएको बताए । कार्यक्रममा हेफर प्रोजक्ट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत शरदकुमार पोख्रेल, परियोजना संयोजक प्रेम विकले त्रिपक्षीय रुपमा सम्झौता गरेर गरिने व्यवसाय भएकाले सफल बन्ने सुत्रका बारेमा सहजीकरण गरेका थिए ।