जिल्ला मानव अधिकार अनुगमन समितिको संयोजकमा पत्रकार महासंघका अध्यक्ष भण्डारी

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी जिल्ला स्तरीय मानव अधिकार अवस्था अनुगमन समितिको संयोजक चयन भएका छन् ।
अधिकारकर्मीको आइतबार नेपालगन्जमा सम्पन्न भेलाले कोभिड १९ को सन्दर्भमा गठित समितिको संयोजकत्वमा भण्डारीको नेतृत्वमा १२ सदस्यीय समिति गठन गरिएको हो । समितिको सदस्यमा गैसस महासंघ बाँकेका अध्यक्ष नमस्कार शाह, जिल्ला बारका गणेशप्रसाद थारु, एफडब्लुएलडीका वसन्त गौतम, फातिमा फाउण्डेसनका मैमुना सिद्धिकी, इन्सेकका सरस्वती मल्ल, मानव अधिकार एलाइन्सका प्रभातकुमार ठकुरी, राष्ट्रिय अपाङ्ग महासंघका भावुकजंग थापा, फेडोकी निर्मला सुनार, नेपाल चिकित्सक संघ भेरीका अध्यक्ष डा.विनोद कर्ण र फियानका क्षेत्रीय संयोजक सुरेश गौतम सदस्य चयन भएका छन् । समितिको सदस्य सचिव भने राष्ट्रिय मानव अधिकार आयोगका द्वारिका अधिकारीलाई जिम्मेवारी दिइएको छ ।