बाँकेमा भोलिदेखि जोर-बिजोर प्रणालीबाट यातायात सञ्चालन

नेपालगन्ज : बाँकेमा मंगलबारदेखि जोर बिजोर-प्रणाली लागू गरी सार्वजनिक तथा नीजि यातायातका सवारी साधन चल्ने भएका छन ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा नीजि सवारी साधनमा जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन गरिने भएको हो । कोरोना भाइरसको जोखिम कायमै रहेकोले जारी निषेधाज्ञालाई खुकुलो गर्दै असार २१ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको छ । त्यस्तै, यस अघि सञ्चालन हुँदै आएका पसल व्यवसाय भने बिहान ९ बजेदेखि ४ बजेसम्म नै खोल्न दिने निर्णय यथावत् रहेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । भिँडभाड हुने क्षेत्र जस्तै विद्यालय, कलेज, सिनेमा हल, पार्क, सेमिनार, गोष्ठि, भेला, ¥याली र प्रदर्शन लगायतका क्षेत्रमा भने प्रतिबन्ध लगाइएको छ ।