गुरु पूर्णिमामा गुरुलाई साइकल उपहार

नेपालगन्ज : बर्दियाको चुरे माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले गुरु पूर्णिमाको अवसरमा विद्यालयका पूर्वप्रधानाध्यापक कृष्णप्रसाद पौड्याललाई साइकल उपहार दिएका छन् ।
चुरेमा २०५१ सालमा कक्षा १० (एसएलसी)का प्रेमबहादुर थापाको नेतृत्वमा शनिबार पूर्र्वप्रधानाध्यापक पौडेलको ठाकुरबाबा नगरपालिका-४ बर्गदास्थित घरमै पुगेका विद्यार्थीले साइकल हस्तान्तरण गरेका थिए । चुरे पूर्वविद्यार्थी परिवारले यसअघि पनि शिक्षकलाई सम्मान गरेका थिए ।