बर्दियामा लागु औषधसहित २ जना पक्राउ

 

गुलरिया : बर्दियामा लागु औषध (ब्राउन सुगर) सहित २ जना पक्राउ परेका छन ।

जिल्लाको बाँसगढी नगरपालिका वडा नं. ७ बड्की डेउडावाट बाँसगढी ६ दमौलीका २३ बर्षिय सुरज थारु र १९ बर्षिय प्रकाश थारु १८० मिलिग्राम लागु औषध (ब्राउन सुगर)सहित पक्राउ परेका हुन ।  जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेम बहादुर शाहीका अनुसार उनीहरुलाई शनिबार बेलुकी शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा प्रहरी चौकी लक्ष्मणा बाट खटिएको टोलिले चेकजाँच गर्दा ब्राउन सुगर फेला पारेको थियो । पक्राउ परेका दुवै जना माथी आवश्यक अनुसन्धान भईरहेको बर्दिया प्रहरीको भनाई छ ।