माता बागेश्वरी सहकारीद्वारा एक वर्षमा ९२ लाख रुपैयाँ आम्दानी

महेन्द्र शर्मा । नेपालगन्ज
माता बागेश्वरीले बचत तथा ऋण सहकारी संस्था नेपालगन्जले एक वर्षको अवधिमा ९२ लाख रुपैयाँ आम्दानी गरेको छ ।
सहकारीको नयाँ कार्यालय भवनको सोमबार उद्घाटन कार्यक्रममा संस्थाका अध्यक्ष रसिद अहमद कुरैसीले आर्थिक वर्ष ०७७/०७८ मा ९२ लाख १८ हजार २ सय पाँच रुपैयाँ आम्दानी गरेको जानकारी दिएका हुन् । पाँच हजार ३६ शेयर सदस्य रहेको सहकारीको कूल सम्पत्ति ६ करोड ४४ लाख ७६ हजार ९ सय ७७ रहेकोमा सवा तीन करोड रुपैयाँ लगानी गरेको र कोषमा ३९ लाख रुपैयाँ बचत रहेको अध्यक्ष कुरैसीले बताए ।

यसअघि नेपालगन्जको सेतु विक चोकमा रहेको सहकारीको कार्यालय धम्बोझीमा स्थानान्तरण गरिएको छ । नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका केन्द्रीय महासचिव दामोदर अधिकारीले नयाँ कार्यालयको सोमबार उद्घाटन गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक सदस्य विजया धिताल, लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवालीलगायतको सहभागिता रहेको थियो । सहकारीले कोरोना महामारीको बेलामा स्वास्थ्य संस्थालाई पीपीइ, मास्क, पञ्जा, सेनिटाइजर र राहात वितरण गरेको जनाएको छ ।