स्वास्थ्य सचेतना फैलाउँदै डुडुवाका आमा समूह

रमेशकुमार यादव । कम्दी
बाँकेको डुडुवा गाउँपालिका वडा नं. ५ का आमा समूह स्वास्थ्य सचेतना फैलाउने काममा लागेका छन् ।
कम्दी स्वास्थ्य चौकीले मंगलबार स्वास्थ्य सचेतना कार्ड वितरण गरेर कम्दी आमा समूह र बालापुर आमा समूहलाई स्वास्थ्य सचेतना फैलाउने कार्यमा सहजीकरण गरेको हो । स्वास्थ्य चौकी इन्चार्ज सिनियर अहेब वीरबहादुर पुनले हाम्रो स्वास्थ हाम्रो सरोकार स्वास्थ्य आमा समूहलाई स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्ड वितरण गरेको जानकारी दिए । आमा समूहले बाल पोषण र वृद्ध स्वास्थ्य सम्बन्धी जनचेतना जगाउने छन् । डुडुवा ५ मा आठवटा आमा समूह गठन गरिएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *