कोरोना संक्रमितलाई स्वास्थ्य सामग्री सहयोग

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जको कोरोना विशेष आइसोलेसन वार्डमा उपचार गराइरहेका कोरोना संक्रमितलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरिएको छ ।
नाटा बाँके र पर्यटन प्रबद्र्धन मञ्च बाँकेको पहलमा नेपालगन्ज उपमहानगरपालिकासँग सहकार्य गरेर ग्रुप फर टेक्निकल एसिस्टेन्ट काठमाडौंले भेरीमा उपचार गराइरहेका ३८ जना संक्रमितलाई जनही ६ हजार रुपैयाँ बराबरको स्वास्थ्य समाग्री सहयोग गरेको हो ।

नाटा बाँकेका अध्यक्ष श्रीराम सिग्देलका अनुसार अक्सिमिटर, थर्मोमिटर, मास्क, सेनिटाइजर, सिटामोललगायतका समाग्री हस्तान्तरण गरिएको हो । त्यसैगरी भेरी अस्पताललाई ४० सेट पीपीइ र ४० सेट फेस शिल्ड पनि हस्तान्तरण गरिएको थियो ।


नाटाका केन्द्रीय अध्यक्ष अच्यूत गुरागाई, पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, नाटा बाँके अध्यक्ष श्रीराम सिग्देल, द आर्ट अफ लिभिंग नेपालगन्ज डीसीसीका संयोजक संजय थापा, ग्रुप फर टेक्निकल एसिस्टेन्टका भोलानाथ चौधरी, पर्यटन व्यवसायीहरु भाष्कर काफ्ले, भीम कँडेल, गगन थापालगायतले समाग्री हस्तान्तरण गरेका थिए ।


त्यसैगरी निषेधाज्ञाका कारण पर्यटन क्षेत्रको रोेजगारी गुमाएका एक सय ५० मजदुर र नेपालगन्जका अति विपन्न परिवारका एक सय ५० जनालाई खाद्यान्न वितरण गरिएको पर्यटन प्रबद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
वितरण गरिएको खाद्यान्नमा २५ किलो चालम, ३ किलो दाल, २ लिटर खानेतेल, एक किलो स्वायबिन, ५ किलो चना, एक एक किलो जिरा र धनीया गरी करिब ५ हजार रुपैयाँ बराबरको सहयोग गरिएको हो ।