भेरी अस्पतालमा बर्दियाका एक संक्रमितको मृत्यु

नेपालगञ्ज : नेपालगञ्जको भेरी अस्पतालमा बर्दियाका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गेरुवा गाउँपालिका–५ का ७० वर्षीय पुरुषको उपचारको क्रममा बुधबार राती भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र, बाँकेले जनाएको छ । केन्द्रका अनुसार साउन ९ गते पीसीआर पोजेटिभ आएका उनलाई ११ गते भेरीमा भर्ना गरिएको थियो । उनको बुधबार राति ७ बजे मृत्यु भएको हो । योसँगै बाँकेको नेपालगन्जका अस्पतालमा उपचारका लागि विभिन्न जिल्लावाट आएकाहरुको मृत्यु हुनेको संख्या ३ सय ८१ पुगेको छ ।