डुडुवा खोलामा डुबेर एक किशोरको मृत्यु

रमेशकुमार यादव । कम्दी
बाँकेको डुडुवा गाउँपालिकामा पौडी खेल्ने क्रममा एक किशोरको मृत्यु भएको छ ।
कम्दी प्रहरी चौकीले दिएको जानकारी अनुसार डुडुवा-५ डलैपुरस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा कम्दीका १७ वर्षिय मैथी नेपालीको मृत्यु भएको हो । आइतबार दिउँसो पौडी खेल्न पाँच जना स्थानीय किशोरहरु गएकोमा नेपालीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । उनको शव मंगलबार मिलनचौक नजिकै डुडुवा खोलामा भेटिएको थियो ।