जानकी-१ पनि बालविवाह मुक्त वडा घोषणाा

जोगागाउँ (बाँके) : बाँकेको जानकी गाउँपालिकाको वडा नं. १ पनि बालविवाह मुक्त वडा घोषणा भएको छ ।
जानकी गाउँपालिकाले मंगलबार जोगागाउँमा आयोजित समारोहमा गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालले जानकी १ लाई बालविवाह मुक्त वडा घोषणा गरेकी हुन् । जानकी गाउँपालिकाको वडा नं. ४ यसअघि नै बालविवाह मुक्त वडा घोषणा भइसकेको छ । वडा अध्यक्ष मो.रजा राईले सम्पूर्ण मापदण्ड पूरा गरेर वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको बताए । गाउँपालिका उपाध्यक्ष धितालले चाँडै जिल्लाकै पहिलो बालविवाह मुक्त स्थानीय तहको रुपमा जानकीलाई घोषणा गर्ने प्रतिबद्धता जनाइन् । जानकी गाउँपालिकालाई बालविवाह मुक्त घोषणा गर्नका लागि प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ ।