मानव बेचविखन नियन्त्रण गर्न कार्ययोजना निर्माण

खजुरा गाउँपालिकाले मानव बेचविखन नियन्त्रणका लागि गर्न वार्षिक कार्ययोजना निर्माण गर्न आयोजित कार्यक्रम । फोटो सौजन्य : दुर्गा रोकाय

नेपालगन्ज : खजुरा गाउँपालिकाले मानव बेचविखन नियन्त्रणका लागि वार्षिक कार्ययोजना निर्माण गरेको छ ।
मानव बेचविखन ओसारपसार नियन्त्रण स्थानीय समिति खजुरा गाउँपालिकाको आयोजनामा २ दिने वार्षिक समीक्षा र योजना बैठकपछि बुधबार कार्ययोजना बनाइएको हो । नियमित बैठक, तथ्याङ्क संकलन, वडास्तरीय मानव बेचबिखन समिति गठन, पुनः गठित समिति र सरोकारवालासँग अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन, पीडित व्यक्तिको उद्दार पुनःस्थापना तथा राहतका कार्यक्रम सञ्चालन गर्ने, सचेतनामूलक कार्यक्रम सञ्चालन, जोखिममा परेकालाई परामर्श दिइने, स्रोत नक्साङ्कन पुस्तिका प्रकाशन गर्ने, बेचविखन नियन्त्रणबारे माविस्तरीय निबन्ध प्रतियोगिता लगायतका कार्ययोजना बनाइएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए । २ दिने कार्यक्रममा माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइराला र वीनरक इन्टरनेशनलका फिल्ड संयोजक कमला पन्तले सहजीकरण गरेका थिए ।