रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइयो

नेपालगन्ज : हिन्दु धर्मालम्बीहरुले आइतबार रक्षाबन्धन तथा जनै पूर्णिमा पर्व मनाएका छन् ।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन विश्वभर रहेका हिन्दुले नव यज्ञोपवित एवं रक्षाबन्धन धारण गरेर मनाउँछन् । बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने परम्परा रहेको छ । तागाधारी गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवित एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।