डुडुवा-५ का ११ प्रतिशत आमा २० वर्ष मुनिका

रमेशकुमार यादव । कम्दी
बाँकेको डुडुवा गाउँपालिकाको एउटा वडामा मात्र ११ प्रतिशत आमा बनेकाहरु २० वर्ष मुनिका छन् ।
डुडुवा गाउँपालिका ५ मा २०७७ असारदेखि २०७८ असार मासन्तसम्म एक वर्षको अवधिमा एक सय ५३ महिला गर्भवती भएकोमध्ये १७ जना २० वर्ष मुनीको रहेको कम्दी स्वास्थ्य चौैकीका इन्चार्ज सिनियर अहेव वीरबहादुर पुन बताउँछन् । जुन कूल गर्भवतीमध्ये २० वर्ष मुनिका गर्भवती ११.११ प्रतिशत हो । सबैभन्दा बढी डलैपुरका ९जना, बालापुरका २ जना ,कम्दी ,मिलानचोक, छग्रहवा, तिलकपुर, बाहुनबगैचा, जब्दहवाका एक एक जना रहेको कम्दी स्वास्थ्य चौकीले जनाएको छ ।