पत्रकारद्वय रोकाय र दाहाललाई सम्मान

एभिन्यूज टेलिभिजनका व्यूरो प्रमुख दुर्गा रोकायलाई सम्मान गर्दै खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति

राधापुर  : खजुरा गाउँपालिकाले बालविवाहविरुद्ध कलम चलाउने दुई जना पत्रकारलाई सम्मान गरेको छ ।
खजुरा गाउँपालिकाको वडा नं. १ लाई बालविवाह मुक्त वडा घोषणा गर्न आइतबार राधापुरको सैनिकमा आयोजित कार्यक्रममा खजुरा गाउँपालिकाका प्रेस सल्लाहकार एभिन्यूज टेलिभिजनका व्यूरो प्रमुख दुर्गा रोकाय र नागरिक समाज डटकमका सह-सम्पादक खगेन्द्र दाहाललाई सम्मान गरेको हो ।

नागरिक समाज डटकमका सह-सम्पादक खगेन्द्र दाहाललाई गर्दै खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति

खजुरा गाउँपालिका अध्यक्ष किश्मतकुमार कक्षपति, उपाध्यक्ष एकमाया विक र खजुरा १ की कार्यवाहक अध्यक्ष फत्तेकुमारी जैसीले संयुक्त रुपमा सम्मान गरेका हुन् । कार्यक्रममा स्याक नेपाल बाँकेका खजुरा गाउँपालिका फिल्ड सुपरभाइजर कल्पना आचार्य, प्लान इन्टरनेशनल नेपाल, स्याक नेपाललगायत बालविवाहविरुद्धको अभियानमा सघाउने सरकारी र गैरसरकारी १६ संघसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो ।

खजुरा गाउँपालिकामा बालविवाह मुक्त घोषणा गर्न प्लान इन्टरनेशनल नेपालको सहयोगमा स्याक नेपाल बाँकेले बालविवाह रोकथाम परियोजना सञ्चालन गरेको छ । खजुराका वडा नं. १ र ३ बालविवाह मुक्त वडा घोषणा भइसकेका छन् ।