बर्दियामा यार्सागुम्बासहित एक जना पक्राउ

गुलरिया : बर्दिया जिल्लाको गुलरियाबाट सशस्त्र प्रहरीले यार्सागुम्बासहित एक जनालाई पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बलका उपरीक्षक जहरसिंह बुढाका अनुसार गुलरिया नगरपालिका-११ गणेशपुरस्थित नेपाल–भारत सीमानामा १ किलो ४ सय ग्राम यार्सागुम्बा सहित गुलरिया-११ घर बताउने भारतीय आधार कार्डसमेत रहेका ३१ वर्षीय कमाल अहम्मद खाँलाई पक्राउ गरिएको हो । खाँलाई खानतलासी गर्दा टेपले बेरिएको अवस्थामा ५ पोका यार्सागुम्बा फेला परेको हो । बरामद गरिएको यार्सागुम्बा करिब ३९ लाख मूल्यको रहेको डिभिजन वन कार्यालय बर्दियाका अधिकृत दीपकसिंह थारुले बताए ।