नेपालगन्जबाट काठमाडौं उडेको श्री एयरलाइन्सको जहाज १० किलोमिटर उडेर आकस्मिक अवतरण

नेपालगन्ज : नेपालगन्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ४३२ कल साइनको जहाज ल्याबोटोरी कम्पार्टमेन्ट (शौचालय)मा धुँवाको संकेत पाएपछि सुरक्षित रुपमा अवतरण गरेको छ ।
नेपालगन्ज विमानस्थल कार्यालयका प्रमुख सुरेश खनालका अनुसार बिहीबार बिहान ९ : ४९ बजे नेपालगन्जबाट काठमाडौंका लागि उडेको विमान ५ माइल अर्थात १० किलोमिटर उडिसकेपछि ९ : ५६ मा आकस्मिक अवतरण गरेको हो । खबर पाएपछि विमानका यात्री आत्तिए पनि सबै सकुशल छन् । विमानमा चालक दलका ४ जना सदस्यसहित विमानमा ८३ जना रहेका थिए । अहिले जहाज पार्किङमा राखिएको छ।