५२५औं तुलसी दास जयन्ती तथा २३औं अवधि दिवस मनाइयो

रमेशकुमार यादव । बाले गाउँ

तृतीय अन्तर्देशीय अवधि महोत्सव २०७९ नेपालगन्जमा भव्य रुपमा सम्पन्न भएको छ । ५२५औं तुलसीदास जयन्ती तथा २३औ अवधि दिवसको अवसरमा अवधि संस्कृति प्रतिष्ठान केन्द्रीय कार्यालय नेपालगन्जले मेरो प्लानेट फनपार्कमा बुधबार कार्यक्रम आयोजना गरेको हो ।
मधेसी आयोगका अध्यक्ष डा. विजय कुमार दत्त प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला शिक्षा समन्वय इकाइ प्रमुख राम सुरेश यादव, राप्रपा महामन्त्री डा. धवल शमशेर राणालगायतले अवधि कला र संस्कृतिबारे धारणा राखेका थिए । बाँके अवधि भाषाको बहुल्यता भएको जिल्ला भए पनि अवधि भाषाको पाठ्यक्रम लागू नगर्नु दुःखद भएको वक्ताहरुले बताएका थिए । नेपाल र भारतका अवधि संस्कृति र कलामा योगदान दिने व्यक्तिहरुलाई दोसल्ला ओढाएरसम्मानित गरिएको थियोे ।