बाँकेमा ४८ सहित देशभर एकैदिन ७४८ जना नयाँ अभिकर्तालाई बीमा तालिम

नेपालगन्ज : आईएमई लाइफ इन्स्योरेन्सले बाँकेमा एकैदिन ४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम दिएको छ । इन्स्योरेन्सको स्थापनाको पाँचौं वर्ष पूरा गरेको उपलक्ष्यमा शनिबार नेपालगन्ज उपमहानगरपालिकाका ८ जना, कोहलपुर नगरपालिकाका १० जना, खजुरा गाउँपालिकाका २० जना र राप्तीसोनारी गाउँपालिकाका ११ जनालाई तालिम दिएको हो ।

कम्पनीका प्रमुख सञ्चालन अधिकृत दिनेश अमात्यले भने, ‘एकैदिन पाँच सय जना अभिकर्तालाई बीमा तालिम दिने लक्ष्य थियो । देशभर ७४८ जना नयाँ अभिकर्ताहरुलाई बीमा तालिम दिन सफल भएका छौं ।’ इन्स्योरेन्सले काठमाडौं उपत्यकाभित्रका बानेश्वर, महाराजगञ्ज र गोंगबु, गट्ठाघर शाखा उपत्यका बाहिर बिर्तामोड, विराटनगर, इटहरी, धरान, मिर्चैया, वीरगञ्ज, लहान, नुवाकोट, पोखरा, गुल्मी, दमौली, लेखनाथ, सोतीपसल, बुटवल, परासी, मुर्गीया, भैरहवा, बाँसगढी, गुलरिया, लम्की, भुरीगाँउ, टीकापुर, अत्तरिया, लम्की, झलारी, पुर्नवास, महेन्द्रनगरलगायतका स्थानहरुमा तालिम प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले बीमा व्यवसायको लागि समयसापेक्ष दक्ष जनशक्ति तयार पार्ने क्रममा कम्पनीद्वारा बीमा अभिकर्ता आधारभूत तालिम प्रदान गरिएको बताए । पाँचौ वर्ष वर्ष पूरा गरेको अवसरमा कम्पनीले शनिबार सात वटै प्रदेशमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा ५७१ जनाले रक्तदान गरेका थिए ।