पशुपति माविको नौ कोठे भवनको शिलन्यास

रमेशकुमार यादव । बेतहनी (बाँके)
बाँकेको डुडुवा गाउँपालिकाको बेतहनीमा रहेको पशुपति माध्यमिक विद्यालयमा नौ कोठे भवनको निर्माण सुरु भएको छ ।
डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले बुधबार डुडुवा २ बेतहनीमा विद्यालय भवनको हिन्दु धार्मिक विधि अनुसार शिलान्यास गरेका हुन् । अध्यक्ष चौधरीले गुणस्तरीय शिक्षाका लागि राम्रो भौतिक पूर्वाधार आवश्यक पर्ने भएकाले विद्यालय भवनका लागि डेढ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए । उनले डुडुवाको शिक्षा गुणस्तरीय र विद्यालयका लागि भौतिक सेवा सुविधा सम्पन्न बनाउने कुरा आफ्नो प्रथामिकतामा रहेको जिकिर गरे ।