भजनीबाट ६ ग्राम लागूऔषध ब्राउनसहित एक जना पक्राउ

सांकेतिक फाइल फोटो

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनीबाट लागूऔषध ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् । भजनी नगरपालिका ३ ठेकीपुल नजिकको भित्री सडक खण्डबाट ६ ग्राम ७५ मिलिग्राम ब्राउन सुगरसहित भजनी नगरपालिका १ बस्ने २९ वर्षीय लोकबहादुर कुमाल पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा कुमालको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। उनले प्रयोग गरेको मोटरसाईकल एक थानसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ।