लक्ष्मीनारायण सहकारीको मुनाफा सवा ७६ लाख

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाले एक वर्षमा सवा ७६ लाख रुपैयाँ मुनाफा कमाएको छ ।
टीकापुर नगरपालिका ६ नारायणपुरमा केन्द्रीय कार्यालय रहेको सहकारीको सोेमबार सम्पन्न १६औं वाार्षिक साधारणसभामा प्रस्तुत प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सहकारीले ७६ लाख २६ हजार ९४९ रुपैयाँ मुनाफा गरेको हो ।
२०६५ सालमा स्थापना भएको सहकारीमा एक हजार ३२५ जना शेयर सदस्य रहेका छन । जसको शेयरपूँजी एक करोड १३ लाख ८ हजार ५५५ रहेको छ । सहकारीको निक्षेप बचत ८ करोड ४० लाख ६० हजार २४६ रुपैयाँ रहेको छ भने ऋण लगानी ११ करोड २५ लाख २१ हजार ३१५ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ ।
टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले उद्घाटन गरेको साधारणसभा संस्थाका अध्यक्ष कपुरसिंह कडायतको अध्यक्षता र सहकारी संस्थाका उपाध्यक्ष युवककुमार नायकको स्वागत मन्तव्यबाट सुरु भएको थियो ।
उद्घाटन शत्रमा टीकापुर ६ का वडाध्यक्ष बलीराम चौधरी, वडा नं.७ का वडाध्यक्ष यज्ञ प्रसाद न्यौपाने, वडा न ८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला र वडा न ६ का वडाध्यक्ष बलीराम चौधरी, शेयर सदस्य चतुरप्रसाद खनाल, सामुदायिक सिकाइ केन्द्रका निवर्तमान अध्यक्ष छविलाल जैसी, नेपाल रेडक्रस सोसाइटी नारायणपुर उपशाखाका सभापति धनसरी कोइराला, भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पलबहादुर बस्नेत, साबिक धनसिहपुर गाविसका पूर्वअध्यक्ष जंगबहादुर साउँद, साविक नारायणपुर गाविसका पूर्वअध्यक्ष फकिरसिंह कडायत, धनसिंहपुर कृषि सहकारी संस्थाका अध्यक्ष धनसिंह साउद, सत्ती कर्णाली सामुदायिक वनका अध्यक्ष जितराम चौधरी, समाजसेवी चिरञ्जीवी खनाल, शिक्षक विक्रम धामी, रामप्रसाद चौधरी, पहलवान चौधरी ,पत्रकार भीमबहादुर बिक लगायतले साधारणसभाको सफलताको कामना गरेका थिए ।
वार्षिक साधारणसभामा राष्ट्रिय क्रिकेट संघका राष्ट्रिय प्रशिक्षक जगत टमट्टालाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । उत्कृष्ट बचतकर्तामा जनक विक, दीपेन्द्र चौधरी, अनिलकुमार चौधरी, रामलसिंह चौधरी र संगीता चौधरीलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो । त्यसैगरि केही महिना अघि पसलमा आगलागी भइ पूर्ण रुपमा क्षति भएका कपडा ब्यवसायी तथा संस्थाका शेयर सदस्य गणेश क्षेत्रीलाई राहात स्वरुप १० हजार सहयोग प्रदान गरिएको थियो ।
यो सहकारीले टीकापुर क्षेत्रमा मलबिउको कारोबार गर्छ । सहकारीले ग्रामीण क्षेत्रमा रेमिटान्सको समेत सेवा दिइरहेको छ ।