संघको स्थापना दिवसमा तीन पूर्वअध्यक्षलाई सम्मान र पत्रकारका नेतालाई बधाइ

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघले स्थापना दिवसको अवसरमा तीन जना पूर्वअध्यक्षलाई सम्मान र नवनिर्वाचित नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र बाँके शाखाका नवनिर्वाचित टिमलाई बधाइ दिएको छ ।

स्थापनाको ५७औं वर्षगाँठको अवसरमा संघले पूूर्वअध्यक्ष दामोदर आचार्य, कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यलाई सम्मान गरेको हो । आचार्यलाई मरणोपरान्त सम्मान गरेकाले उनकी पत्नी पार्वता आचार्यलाई सम्मान प्र्रदान गरिएको थियो ।

त्यसैगरी संघले नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश र बाँके शाखाका नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र सदस्यलाई बधाइ तथा सम्मान कार्यक्रम कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा संघका अध्यक्ष टंकबहादुर धामीलगायत पदाधिकारीले सम्मान गरेका थिए ।