चिकित्सक संघ भेरीको अध्यक्षमा डा.अधिकारी निर्वाचित
रमेशकुमार यादव । नेपालगन्ज
नेपाल चिकित्सक संघ भेरी शाखाको अध्यक्षमा डा. रुपानन्द अधिकारी निर्वाचित भएका छन् । अधिकारी भेरी अस्पतालका पूर्व प्रमुख मेडिकल सुपरिटेन्डेन्ट हुन् । उनी अहिले भेरीबाट सेवा निवृत्त भइसकेका छन् ।
गत १९ गते उम्मेदवारी दर्ता सम्बन्धी सूचना अनुसार कुनै पनि किसिमको दाबी विरोध नपरेकाले सिंगो कार्य समिति नै निर्विरोध चयन भएको मुख्य निर्वाचन अधिकृत डा. रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
शाखाको उपाध्यक्ष डा.संकेतकुमार रिसाल, सचिव डा. प्रचण्ड गौतम, सहसचिव डा. विजय उपाध्याय र कोषाध्यक्ष डा. राहुल मिश्र निर्वाचित भएका छन् । समितिकोे सदस्यहरुमा डा. अजय वैश्य, सह–कोषाध्यक्ष डा. रोशनकुमार यादव, डा. राहुल कुर्मी, डा.वसन्तराज न्यौपान, डा. रमण सुवेदी र डा. लक्ष्मण सिग्देल सदस्य सर्वसम्मत् भएका हुन् ।