मानवसेवा आश्रममा लायन्स र लियोकर्मीले खुुवाए खाना
नेपालगन्ज : लायन्स तथा लियोकर्मीहरुले मानव सेवा आश्रम नेपालगन्जका आश्रितहरुलाई खाना खुवाएका छन् ।
लायन्सका संस्थापक मेल्बिन जोन्सको १४६औं जन्मजयन्तीको अवसरमा आयोजित साप्ताहिक सेवाका कार्यक्रम अन्तर्गत चौथो दिन लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभले शुक्रबार आश्रमका ५० जनालाई खाना खुवाएका हुन् । खानाका लागि नेपालगन्जको म्याक्सवेल प्रिन्टर्स प्रा.लि.का सञ्चालक मीना सुवेदी ढकालले आर्थिक सहयोग गरेकी थिइन् ।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका निवर्तमान गर्भनर मुकुट ढकाल र विशिष्ट अतिथि डिष्ट्रिकका वर्तमान प्रथम भाइस डिष्ट्रिक गर्भनर ज्ञानेन्द्र श्रेष्ठले विश्वव्यापी मानव सेवाका अभियन्ता लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको जन्मजयन्तीका अवसरमा बढी भन्दा बढी सेवाका कार्यमा लाग्न लायन्सकर्मीहरुलाई आग्रह गरे ।
लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष शंकरप्रसाद खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका पूर्वअध्यक्ष तथा डिष्ट्रिकका निवर्तमान सचिव उमा थापा मगर, डिष्ट्रिक गर्भनर ढकालका प्रथम लेडी मीना सुवेदी ढकाल, क्लबका पूर्वअध्यक्ष सुशीला चन्द, क्लब सचिव अमृत थापा, कोषाध्यक्ष शोभा गुरुङ, लियो क्लब अफ नेपालगन्ज इनोभेटिभका अध्यक्ष हिरामणि दाहाल, लियो क्लबका प्रथम उपाध्यक्ष एलिशा बस्नेतलगायतको सहभागिता रहेको थियो ।
मानव सेवा आश्रमका सह–संयोजक विष्णु घर्तीका अनुसार आश्रममा ३० पुरुष, १९ महिला र एक बालिका आश्रितका रुपमा रहेका छन् ।