लायन्सकर्मीले नीलसागर र आमाको माया छात्रवासमा खुवाए खिचडी
नेपालगन्ज : बाँकेका लायन्सकर्मीले माघे संक्रान्तिको अवसरमा मंगलबार नीलसागर र आमाको माया छात्रवासमा खिचडी खुवाएका छन् ।
लायन्स क्लब अफ नेपालगन्ज सिटीले नेपालगन्ज उपमहानगरपालिका ९ मा रहेको नीलसागर सेवाश्रममा आश्रित २५० जनालाई खाना खुवाएको क्लबका अध्यक्ष डा.प्रविणकुमार गुप्ताले जानकारी दिए । खिचडी खुवाउने कार्यक्रममा सिनियर लायन्सकर्मीको सहभागिता रहेको थियो ।
त्यसैगरी लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफले नेपालगन्ज १७ परसपुरमा रहेको आमाको माया छात्रवासमा १२५ जनालाई खिचडी खुवाएको क्लबका प्रथम उपाध्यक्ष अजय कनोडियाले बताए ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य डा.धवलशम्शेर राणा प्रमुख अतिथि थिए भने निवर्तमान गर्भनर मुकुट ढकाल, पूर्व गर्भनर शेमराज शाक्य, फस्ट भीडीजी ज्ञानेन्द्र श्रेष्ठ लगायत सिनियर लायन्स र लियोकर्मीहरुको सहभागिता रहेको थियो ।