महेन्द्र पुस्तकालयलाई १११ पुस्तक सहयोग
नेपालगन्ज : लायन्सकर्मीले नेपालगन्जको महेन्द्र पुस्तकालयलाई १११ वटा पुस्तक सहयोग गरेका छन् ।
लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ र लियो क्लब अफ नेपालगन्ज इनोभेटिभले लायन्स क्लबका संस्थापक मेल्बिन जोन्सको १४६औंं जन्म जयन्तीको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमको सोमबार अन्तिम दिन पठन संस्कृति संरक्षणका लागि पुस्तक सहयोग गरेका हुन् ।
क्लबका अध्यक्ष शंकरप्रसाद खनालले महेन्द्र पुस्तकालयका अध्यक्ष बलराम यादवलाई साहित्यका ४८, समान्यज्ञानका २३, विकास र सामाजिक विषयका १४, पत्रकारिताका ११, आध्यात्मिक ५, इतिहासका ३ र राजनीतिका २ वटा पुस्तक हस्तान्तरण गरेका हुन् ।
पुस्तक ग्रहण गरिसकेपछि अध्यक्ष यादवले पुस्तकालय नागरिकको साझा सम्पत्ति साझा सम्पत्ति भएको दाबी गर्दै पुस्तकालयमा पुस्तक दान दिनु भनेको सबैका लागि भएको बताए । पुस्तकालयले पठन संस्कृतिलाई बढावा दिने काम भइरहेको बताउँदै भौतिक पूर्वाधार र दराजको अभाव भएको बताएका थिए । कार्यक्रममा सिनियर डिस्टिक एक्जुकेटिभ चिप उमा थापा मगर, निवर्तमान डिष्ट्रिक गर्भनर कुकुट ढकालका प्रथम लेडी मीना सुवेदी ढकाल, लियो क्लब अफ नेपालगन्ज इनोेभेटिभका अध्यक्ष हिरामणि दाहाल लगायत लायन्सकर्मी, लियोकर्मी र पुस्तकालयका कर्मचारीहरुको सहभागिता रहेको थियोे ।
मेल्बिन जोन्सको १४६औंं जन्म जयन्तीको अवसरमा लायन्स क्लब अफ नेपालगन्ज सिनर्जी र लायन्स क्लब अफ नेपालगन्ज बागेश्वरीले सोमबार साँझ नेपालगन्जको भानुभक्त चोकमा संयुक्त रुपमा द्वीप प्रज्ज्वलन गरेका थिए । कार्यक्रममा अग्रज लायन्सकर्मी तथा लियोे क्लबका सदस्यहरुको सहभागिता रहेको थियो ।