वैकुण्ठधाम सिधनियाघाटको ९ सदस्यीय सञ्चालक मण्डल चयन

नेपालगन्ज : बाँकेको गैरसरकारी संस्था वैकुण्ठधाम सिधनियाघाटको सञ्चालक मण्डलमा ९ सदस्य चयन भएका छन् ।
संस्थाको शनिबार नेपालगन्जमा सम्पन्न प्रथम साधारणसभाले डा. सुरेशकुमार कनोडिया, डा. बद्री चापागाई, डा. केदार अग्रवाल, कमल कार्की, शशी स्वाँर, कृष्णप्रसाद श्रेष्ठ, उमा थापा, श्रीराम सिग्देल र राकेश मिश्रलाई सर्वसम्मत रुपमा सञ्चालक मण्डलमा चयन गरेको प्रमुख निर्वाचन आयुक्त प्रह्लादबहादुर कार्कीले जानकारी दिए । सञ्चालक मण्डलको बैठकले समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्ष चयन गर्नेछ ।
साभारण सभाले सचिव विकास आचार्य र कोषाध्यक्ष कृष्णप्रसाद श्रेष्ठद्वारा प्रस्तुत प्रगति र आर्थिक प्रतिवेदनलाई पारित गरेको थियो । साधारण सभामा यज्ञान्त स्मारिका पनि विमोचन गरिएको थियो । साधारण सभाको सन्तानेश्वर मन्दिरका महन्त योगानन्द गिरीले उद्घाटन गरेका थिए ।
वैकुण्ठधाम सिधनियाघाट बाँकेले राप्ती नदीको सिधनीयामा आधुनिक दाहसंस्कारस्थल बनाउने छ ।