तस्करी नियन्त्रण मिलेर गरौं : एसपी घर्ती मगर

नेपालगन्ज : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी रामप्रसाद घर्ती मगरलेसरोकारवाला सबै निकायहरु मिलेर तस्करी नियन्त्रणमा गर्नुपर्ने बताएका छन्।
नेपालगन्ज उद्योग वाणिज्य संघ बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै एसपी घर्ती मगरले तस्करी नियन्त्रणमा आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएका हुन् । ‘तस्करी नियन्त्रण गर्न सरोकारवाला निकायबीच समन्वय गरेर हामीसँग सँगै गएर न्यूनिकरण गर्नुपर्छ । म कुरा मात्रै गर्दैन । काम पनि गरेर देखाउँछु’, उनले भने, ‘कि म पनि तस्करीमा जोडिनु पर्यो । होइन भने तस्करी नियन्त्रण गर्न मैैले कुनै कसर बाँकी राख्ने छैन ।’

एसपी घर्ती मगरलाई संघमा स्वागत गर्दै अध्यक्ष टंकबहादुर धामीले नेपाल सरकारको १०० रुपैयाँभन्दा माथिको सामानलाई अनिवार्य रुपमा भन्सार तिर्ने व्यवस्थालाई कडाइ गर्न ध्यानाकर्षण गरेका थिए । सो अवसरमा संघ अध्यक्ष धामी, निवर्तमान अध्यक्ष अब्दुल वाहिद मन्सुरी, कार्य समितिका पदाधिकारी र सदस्यहरुले एसपी घर्ती मगरलाई माला र खादा लगाएर स्वागत गरेका थिए ।