अछामी समाजको आयोजनामा ५१ पिन्ट रगत संकलन

नेपालगन्ज : अछामी सेवा समाज बाँकेको आयोजनामा शनिबार नेपालगन्जमा ५१ पिन्ट रगत संकलन भएको छ । समाजको २१औं स्थापना दिवसको अवसरमा शनिबार नेपालगन्जको प्रादेशिक रक्त सञ्चार केन्द्रमा आयोजना गरेको कार्यक्रममा ५१ जनाले रक्तदान गरेका थिए ।

समाजका अध्यक्ष अध्यक्ष पुष्कर खड्काको अध्यक्षता र लुम्बिनि प्रदेशसभा सदस्य अम्बिका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नाल, अस्पतालका पूर्व मेसु डा. रूपानन्द, समाजका निवर्तमान अध्यक्ष टेकबहादुर खड्‌का, प्रादेशिक रक्तसञ्चार केन्द्र प्रमुख उपेन्द्र रेग्मी लगायत अतिथि रहनु भएको थियो ।

समाजका उपाध्यक्ष तथा कार्यक्रम संयोजक विष्णुबहादुर बोगटीले स्वागत मन्तव्य दिएको कार्यक्रम सञ्चालन समाजका सचिव भुपालमान विष्टले गर्नु भएको थियो ।