बर्दियाको राजापुरमा लागु औषधसहित १ जना पक्राउ

राजापुर : बर्दियाको राजापुरमा लागु औषध ब्राउनसहित एकजना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार राजापुर–३ मुरैया–टेडिया सडक खण्डवाट ४ सय ५० मिलिग्राम ब्राउन सुगरसहित गेरुवा गाउँपालिका–६ बेलभरियाका २९ बर्षिय रबीन थारु पक्राउ परेका हुन । गेरुवा बाट टेडिया तर्फ आउँदै गरेका थारुले चलाई ल्याएको से.१.प ७८१४ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा निजको साथबाट उक्त परिणाममा लागु औषध (ब्राउन सुगर) फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । फेला परेको लागु औषध र मोटरसाईकलसहित उनलाई पक्राउ गरी अनुसन्धान कार्य भईरहेको उनको भनाई छ ।