२ लाख जनाको विश्वमा कोरोनाबाट मृत्यु, अमेरिकामा मात्र ५२ हजार ९१४ को ज्यान गयो

नेपालगन्ज : विश्वमा कोरोना भाइरस (कोभिड-१९) बाट दुई लाख जनाको मृत्यु भएको छ ।
कोरोना भाइरसको विश्वव्यापी अपडेट गर्ने अनलाइन वोल्डोमिटर्सको शनिबार राति १०ः३० बजेसम्मको रेकर्ड अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख सात सय १९ पुगेको हो । कोरोनाबाट संक्रमित हुनेको संख्या भने २८ लाख ७३ हजार ६ सय १९ रहेको छ । निको हुनेको संख्पा भने आठ लाख २३ हजार तीन सय ६ रहेको छ । अमेरिकामा ५२ हजार नौ सय १४ जनाको ज्यान गएको छ । शनिबार एकै दिन अमेरिकामा ७ सय २१ जनाको मृत्यु भएको थियो ।