रेडियो कृष्णसारको वार्षिकोत्सवमा समृद्ध नेपालगन्जका १४ एजेण्डाबारे रेडियो बहस

नेपालगन्ज : पश्चिम नेपालको लोकप्रिय रेडियो कृष्णसारले समृद्ध नेपालगन्जका १४ एजेण्डाबारे छलफल गरेको छ ।
रेडियो स्थापनाको १४औं वर्ष प्रवेशको अवसरमा सोमबार सरोकारवालाबीच नेपालगन्जका १४ सम्भावना विषयक रेडियो वहसमार्फत समृद्ध नेपालगन्जका १४ एजेण्डाका विषयमा छलफल गरेको हो । उनीहरुले यी एजेण्डाले नेपालगन्ज आर्थिक, सामाजिक, राजनीतिक, भौतिक पूर्वाधारका क्षेत्रमा विकास भए पनि अझै सुधार गर्नुपर्ने, गुरुयोजना बनाउनु पर्ने र दीगो विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
रेडियो कृष्णसारका प्रमुख कार्यकारी प्रमुख तुला अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)का अध्यक्ष अर्जुन गिरी, खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपति, कांग्रेस बाँकेका उप–सभापति गोपाल अधिकारी, सचिव सुधांशु कोइराला, माओवादी केन्द्रका अक्कलबहादुर बम, पत्रकार झलक गैरे, मेडिकल कलेज सञ्चालक डा.सुरेशकुमार कनोडिया, फातिमा फाउण्डेसनकी अध्यक्ष मौमुना सिद्धिकी, अधिकारकर्मीत्रय भोला महत, वसन्त गौतम र विश्वजीत तिवारी, उप–प्राध्यापक प्रकाश लामिछाने, साहित्यकार ऋचा लुँइटेल, एनजीओकर्मी आशिष वर्मा, उद्योगी सञ्जय अग्रवाल, खगेन्द्र दाहाल, महिला उद्यमी मीना डाँगी, रेडक्रसकर्मी दोलखबहादुर डाँगी, सन्तोष शर्मालगायतले रेडियो कृष्णसारको सफलताको कामना गर्दै समृद्ध नेपालगन्जबारे धारणा राखेका थिए । सरोकारवालाबाट आएका सुझावका आधारमा पत्रकार शंकरप्रसाद खनालले १४ वटा एजेण्डा तयार पारेका थिए ।

यी हुन् समृद्ध नेपालगन्जका १४ एजेण्डा
१. सामाजिक सद्भाव, सांस्कृति र धार्मिक सहिष्णुताको सहर
२. भाषाले जोडेको सहर
३. शिक्षा र स्वास्थ्यको हब
४. औद्योगिक, व्यापार÷व्यवसायको हब
५. क्यासिनो सिटी
६. परम्परागत परिकारको सहर
७. बाघ पर्यटन र पर्यटनको गेटवे
८. प्राविधिक शिक्षाको हब
९. कृषि क्षेत्र
१०. समाजसेवी स्वयंसेवी र युवाको नमूना सहर
११. धेरै सरकारी सेवा सुविधा प्रवाहको उपलब्ध सहर
१२. खेलकुदको सहर
१३. जडिबुटीको हब
१४. शक्तिपीठ बागेश्वरी मन्दिर र मानसरोवर तीर्थयात्रा सर्किट