१० वर्षमा बाँकेमा बाघको संख्या २५, नेपाल सरकारको १० वर्षमा दोब्बर बाघ बनाउने लक्ष्य पूूरा

बाँके राष्ट्रिय निकुञ्जमा भेटिएको पाटेबाघ । फोटो सौजन्य : श्यामकुमार शाह /बाँके राष्ट्रिय निकुञ्ज

नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जमा १० वर्षको अवधिमा बाघको संख्या बढेर पुगेको छ । सन् २०१३ मा बाँके निकुञ्जमा चार वटा मात्र बाघ थिए । सन् २०१८ को गणनामा १७ वटा बाघ बढेर संख्या २१ पुग्यो । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार काठमाडौंमा सार्वजनिक गरेको राष्ट्रिय बाघ गणना रिपोर्ट २०२२ अनुसार बाँकेमा बाघको संख्या २५ पुगेको छ ।
नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ आषाढ २८ गते बाँके, दाङ र सल्यान जिल्लाको ५५० वर्ग कि.मि. क्षेत्र समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जको रूपमा बाँके राष्ट्रिय निकुञ्जको स्थापना भएको थियो । पूर्वमा शिवखोला, पश्चिममा कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग यसको सिमाना रहेको छ ।
यो गणनामा नेपालले १० वर्षमा बाघको संख्या दोब्बर बनाउने प्रतिबद्धता पूरा गरेको छ । १० वर्षमा ३५० बाघ पुयाउने लक्ष्य रहेकोमा बाघको संख्या २५५ पुगेको छ । बाँकेमा २५, बर्दियामा १२५, चितवनमा १२८, पर्सामा ४१ र शुक्ला फाँटा निकुञ्जमा ३६ वटा बाघ पुगेका छन् ।