बर्दियामा प्रहरी हिरासतबाट फरार अभियुक्त पक्राउ

बर्दिया : इलाका प्रहरी कार्यालय बाँसगढीको हिरासत कक्षबाट गत ९ साउनमा फरार भएका अभियुक्तलाई बर्दिया प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार खाना खाने समयमा ड्युटीमा रहेको सेन्ट्रीलार्इ झुक्याएर फरार भएका खजुरा गाउँपालिका ८ बाँकेका अब्दुल खाँलाई दुई सातापछि पक्राउ गरिएको हो । जबरजस्ती करणी मुद्दाका अभियुक्त खाँलाई बढैयाताल गाउँपालिका २ स्थित नेपाल भारत सीमा नजिकबाट सोमबार दिउँसो पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।