बर्दियाका स्थानीय तहको बेरुजु डेढ अर्ब

गुलरिया : बर्दियाका आठवटा स्थानीय तहको बेरुजु डेढ अर्ब पुगेको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ५९ औं प्रतिवेदन अनुसार स्थानीय तहको जिम्मेवारी सम्हालेका जनप्रतिनिधिको ५ बर्षे पहिलो कार्यकाल सकिँदा जिल्लामा बेरुजुको चाँङ लागेको हो । प्रतिवेदन अनुसार आर्थिक बर्ष आ.व. २०७७/०७८ मा जिल्लाका आठ पालिकाको बेरुजु ४३ करोड ८६ लाख ५० हजार रहेको छ भने यसअघिका बर्षको समायोजन र सम्परीक्षणबाट हालसम्मको अद्यावधिक बेरुजु १ अर्ब ४९ करोड ७२ लाख पुगेको हो ।
महालेखाका अनुसार आ.व. २०७७/०७८ मा बर्दियामा सबैभन्दा बढी बेरुजु बढैयाताल गाउँपालिकाको ९ करोड ९१ लाख २ हजार छ भने सबैभन्दा कम राजापुर नगरपालिकाको २ करोड १६ लाख ६४ हजार छ ।
प्रतिबेदन अनुसार बर्दियाका स्थानीय तहहरुको कुल अद्यावधिक बेरुजु मध्य सबैभन्दा बढी गुलरिया नगरपालिकाको पुगेको छ । यसअघिका बर्षको समायोजन र सम्परीक्षणबाट गुलरियाको २९ करोड ४४ लाख ५३ हजार बढी फस्र्यौट हुन बाँकी बेरुजु पुगेको प्रतिवेदनमा उल्लेख छ । हरेक बर्ष बेरुजु थपिदै गएपनि फ्र्छौट नगर्दा आर्थिक बेथिति बढ्ने गरेको छ । स्थानीयतहले कानून विपरित खर्च गर्नुका साथै आफूखुसी कार्य गर्दा आर्थिक अराजकताले बढावा पाएको हो । हेर्नुहोस कुन पालिकाको कती बेरुजु

स्रोत :महालेखा परिक्षकको कार्यालयको ५९ औं प्रतिवेदन