सोमवार, माघ १२, २०७७ / Monday 25th January 2021

भान्सा अस्पताल र भोजन नै औषधि

घाँटीमा रहेको कोरोनालाई फोक्सोमा जानबाट कागतीको अमिलोले रोकेर पेटमा लगिदिन्छ र पेटभित्रको अम्लकुण्डमा परेपछि कोरोना मर्छ


हाम्रो आहार र जीवनशैली एउटा विस्तृत र अन्तहीन विषय होे । यसमा संसारमा आजसम्म न कोही विज्ञ हुन सकेको छ, न विशेषज्ञ । यसलाई प्रयोग गर्ने, अध्ययन गर्ने, सबैभन्दा ठूलो प्रयोगशाला आफ्नै जिन्दगी हो । प्राचीन समयका वैदिक कालका ऋषिमुनीहरुले पनि आफ्नो जीवनमा, प्रयोगमा आफ्नो जीवनको प्रयोगशालामा प्रयोग गरे । आयुर्वेद, प्राकृतिक चिकित्सा, नैसर्गिक जीवनशैली, आध्यात्मिक जीवनशैली हामीलाई प्रस्तुत गरे । जुन हाम्रो सनातन परम्परा, हाम्रो कुदरती परम्परा अनुसार हामी प्रकृतिसँग जोडिएर जीवन जिउनु पर्नेमा बिर्सँदै गयौं । प्रकृतिले बेला बेलामा झड्का दिन्छ र हामीलाई सम्झाइ दिन्छ । यो जीवन कालखण्डकै सबैभन्दा गतिलो झड्का प्रकृतिले हामीलाई दिएको छ । नाम कोरोना रहे पनि यो एक प्रकारको घातक भाइरस छ । सुक्ष्म जिवाणु किटाणु युद्ध भनौं यसलाई ।

लेखक : डा. राजु अधिकारी

नेपाली जनजीवनमा हिसाब गर्दा २४ घण्टामा आधा समय निद्रा वा आराममा जान्छ । केही समय जिविकोपार्जनमा जान्छ । दुई घण्टा जति अरुको निन्दामा जान्छ, अर्काको चर्चामा परटिप्पणीमा राजनीतिमा जान्छ । तीनदेखि चार घण्टा आवश्यकभन्दा पनि अनावश्यक हाम्रा औंलाहरु मोबाइल, कम्युटर, ल्यापटपमा घुमेर साइबर ग्याजेटहरुमा जान्छ । व्यस्त, मस्त, स्वस्थ हुनुपर्ने हामी अस्त, ब्यस्त, त्रस्त, रोगग्रस्त र तनावग्रस्त हुँदै जाँदैछौं । यस प्रकारले हाम्रो जिन्दगीमा व्यस्त, मस्त । प्रकृतिले हामीलाई हमेसा स्वस्थ, व्यस्त र मस्त राख्न चाहन्छ । तर हामी हाम्रो कारणले हाम्रो सोचले, हाम्रो जीवनशैलीले हाम्रो खानपानले हामी रोगग्रस्त हुँदै जाँदैछौं ।

फोटो : इन्टरनेटबाट

नेपालमा ३३ सय प्रकारका खानयोग्य वनस्पतिहरु फल्छन् । अन्न, बाली, जडिबुटी, साग सब्जी, फलफूलहरु गरेर गन्ने हो भने संसारमा सबैभन्दा धेरै भोजनहरु हामी कहाँ खानयोग्य छन् । अहिलेसम्म वैज्ञानिकहरुले ३३ हजार प्रकारका रोगहरु पत्ता लगाइसके । त्यत्ति हाम्रो शरीरमा रोग लाग्छन् । हामी ३३ कोटी देवतालाई मान्छौं । त्यो एउटा संयोग हुनसक्छ । ३३ हजार प्रकारका रोगको प्रयोगशाला यही मान्छेको शरीर भएको छ । देशमा अस्पताल खोलिनुपर्छ । अस्पताल हुनुपर्छ भन्छौं । यो भौतिक विकासका दृष्टिले जरुरी पनि छ । तर साँच्चै हामी पूर्ण स्वास्थ्य, समग्र स्वास्थ्यको परिकल्पना गर्ने हो भने सबैभन्दा ठूलो अस्पताल घरै हो । घरभित्रको पनि हाम्रो भोजनालय हो । भान्सा हो । सबैभन्दा जडि औषधि के होला दुनियाँमा, सिलाजित होे कि हर्रो हो कि ? गुज्रो हो कि ? चिराइतो हो कि ? बेसार हो कि ? गोमुत्र हो कि ? या आधुनिक मेडिकल विभिन्न प्रकारका एन्टि क्यान्सरियसदेखि लिएर अहिले त यहाँसम्म औषधि गइसक्यो । केवल सुगन्ध लिएर व्यक्ति रोेगहरुलाई निको पार्ने एरोना एसेन्सबाट ट्रिटमेन्ट लिने दुनियाँमा पुगिसक्यो । त्यो हो कि ? होइन हजुर । सबैभन्दा ठूलो औषधि, सबैभन्दा ठूलो भेषज, सबैभन्दा ठूलो दवाइ, हाम्रो खानपान हो । हाम्रो भोजन हो । कहिले काँही डाक्टरहरुले औैषधि फेर्छन् । यो खाएर हेर्नुस् । यसले भएन भने फेरि आउनुस् म विचार गरौंला । त्यसैगरी भोजन पानी, आहारले रोग ठीक नहुँदा दोस्रो औषधि विकल्प छ हाम्रो जीवनमा त्यो हो, विचारमनौषधि । बनौषधि होइन मनौषधि । हामी बनौषधिलाई, द्रव्यौषधिलाई, रसायनको औषधिलाई ठूलो मान्छौंं । तर मनौषधिलाई स्वयंको मनको चिकित्सालाई ठूलो मान्दैनौं । दोस्रो वैकल्पिक औषधि हो, भोजन वाहेक मनौषधि । मनौषधि र भोजनोषधिलाई यदि हामीले महत्वपूर्ण मान्यौं भने हामी धेरै नानाविधि रोगबाट नितान्त बच्न सक्छौं । एक जना विद्वानले भन्नु भएको छ, आफ्नो जीवनको हत्यारा हामी आफै स्वयं हो । त्यो हत्यारासँग दुई वटा हतियार छन् । एउटा मुख, दाँत, जिब्रो र अर्को पेट हो । पेटले माग्छ । दाँतले खाइदिन्छ । यो रसनारुपी जिवा जुन हतियार हो । यसको सदुपयोग नै जीवनको शैली हो । जीवन जिउने कला हो । हुन त जिब्रोले चार काम गर्छ । स्वादेन्द्रिय, वाकेन्द्रीय, कामेन्द्रीय र हाँसेन्द्रीय । स्वाद लिने काम, बोल्ने काम, काम बासना बढाउने र मुस्कुराउने, प्रसन्न हुने हाँसो प्रकट गर्ने चार इन्द्रीयको काम गर्छ । यसको सदुपयोग नै जीवनशैली हो ।पहिले पहिले धेरै नियमहरुले काम गर्छन् भन्ने थियो । जीवनमा अनुभव गर्दै जाँदा सबैभन्दा महत्वपूर्ण र जरुरी तर कुनै ठोस नियम नभएको विधि नै जीवन जिउने कला हो । जो आफ्नो नितान्त निजी हुन्छ । पहिले पहिले लाग्थ्यो, यो खान हुन्छ । यो खान हुँदैैन । माइन्डफूल भएर खाऔं । सचेत भएर खाऔं । प्रकृतिमा धर्तीमा कुनै पनि खान नहुने भन्ने कुरा छैन । तपाई हामी कुन भावले खान्छौं । कुन आशयका साथ खान्छौं । भोक भावले खान्छौं रोगै लाग्छ । आजिविका भावले खान्छौं । आनन्द दिन्छ । त्यो रस शुद्ध रगत बन्छ । आजभोलि आजिविका भावले नखाएर खाली मान्छेहरु भोग भाव र स्वाद भावले मात्र खान्छन् ।
कोरोना कहर र लकडाउनका बीचमा हामी घरमैै अर्धसक्रिय भएर बसेका छौं । शरीरको व्यवस्थापन अर्थात खानपान व्यवस्थापन पहिलो कुरा हो । जीवनशैली व्यवस्थापनका लागि यतिखेर खानपान व्यवस्थापन गर्न जरुरी छ । सबैभन्दा ठूलो विद्वान, सबैभन्दा ठूलो विशेषज्ञ, सबैभन्दा ठूलो दार्शनिक, सबैभन्दा ठूलो मुनि तपस्वी त्यो हो, जो के खान हुन्छ र के खान हुन्न भन्ने कुराको ज्ञान राख्छ । होइन भने बाहिरी बस्तु र उपकरणको ज्ञानले केही जोे स्वयं जीवनरुपी यन्त्रको ज्ञान नभएर के गर्ने ? अहिले त थाहा भयो नि । हामी अनेक प्रकारका भाइरसका ज्ञाता थियौं । आआफ्ना विषयका ज्ञाता । अब शरीर रुपी यन्त्रमा भाइरस पस्न थाल्यो कोही ज्ञाता छैनौं । के भन्दैछ अहिले दुनियाँले, यसको लक्षण यो हो । फेरि दुई दिनपछि होइन, यसको लक्षण यो हो । फेरि दुई दिनपछि के आउँछ ? लक्षण बिना पनि सर्दो रहेछ, यो क्राउन कोरोना त ?

अंकुरित अन्न / फोटो : इन्टरनेटबाट

हामीले जसरी भोजन गर्छौ नियमित रुपमा लकडाउनमा घरमै बसिरहेको बेला शरीरलाई धेरै क्यालोरी, उर्जा र कार्बोड चाहिएको छैन । घटाइदिन म अनुरोध गर्छु । तीन पटक भोजन गछौं भने एक पटक सिधै घटाउनु भए हुन्छ । एक पटकको भोजन कटौती गरौं । दुई पटक मात्र खाऔं । वा बेलुकाको भोजनले हामीलाई गलाउने, थकाउने, रोग व्याधी उत्पन्न गर्ने मात्रै हो । त्यसैले बेलुका रसाहार, स्वल्पहार र फलाहारमा जानु पर्यो । बेलुका अन्नहार नगर्दा राम्रो । बिहान शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउने, नास्ता पनि हुने भोक पनि मेटाउने, स्फूर्ति पनि दिने, सस्तो पनि पर्ने, घरमै बनाउन पनि मिल्ने, अंकुरित अन्नहरु अवश्य खाऔं । चना, हरियो मुंग, केराउ, गहुँ, मेथी, ज्वानो र बदाम यी चिजहरु भिजाएर मजाले थोरै (५० ग्राम) सख्खरसँग खाए पुग्छ । सख्खरले पेटले बाथ र पित्त दुबैलाई सन्तुलित गर्छ । कफलाई निकाल्छ । अंकुरित अन्नले सम्पूर्ण पोषण तत्व (६४ प्र्रकारका सुक्ष्म पोषण तत्व) टुसाएको गेडागुडीमा हुन्छ । यो अमृतासन हो । अमृतान्न हो । अमृत भोजन हो । मृत भोजन होइन । यो क्वाटी होइन । क्वाटीमा सिमी, भटमास, राजमालगायत हुन्छ । यसमा त्यो हुँदैन ।

फोटो : इन्टरनेटबाट

कोरोना हाम्रो कपालको टुुप्पोभन्दा नौ सय गुणा सानो यो भाइरस हाम्रो शरीरमा छिरिसकेपछि नासिका मार्गबाट मुखमार्गबाट स्वास मार्गबाट घाँटीमा पुग्छ । घाँटीमा यो चारदेखि नौ दिन बास बस्छ । अनि फोक्सोमा पुग्छ । फोक्सोबाट रगतमा पुग्छ । त्यसपछि जोखिम बढ्दै गयो भने मृत्युतिर लैजाने हो । त्यस कारण जसले नाक मुखबाटै निकाल्यो । घाँटीसम्म जानै दिएन । त्यसलाई यो रोग हुने सम्भावना नै भएन । कागतीजन्य अमिलो यतिखेर प्रसस्तै खानुपर्छ । अमिलो कागती लगायतका सिट्रिक एसिडले घाँटीमा बसेको भाइरसलाई पेटमा पुर्याइदिन्छ । पेटमा त अम्लको दह छ । अम्लको कुण्डमा त्यो पर्यो भने त्यो भाइरस मर्छ । त्यसकारण घाँटीमा रहेको कोरोनालाई फोक्सोतिर जानबाट रोक्न अमिलोले काम गर्छ । कागती, सुन्तला, जुनार, भोगटे, भकिमिलो जे जे छ । ती सिट्रिक एसिड ताजा अमिलो हामी बिहान खाली पेटमा तातोपानीसँग सेवन गर्न सक्नेछौं । सर्वाधिक एन्टिसेफ्टीक र एन्टिभाइरस क्षमता भएको बेसार, हरेक पेय पदार्थमा थोरै काँचो बेसार राखेर अवश्य सेवन गरौैं । त्यस्तै, गुर्जो, तुलसीलगायतका जडिबुटीहरु पनि एकदमै उपयोगी छन् हाम्रा लागि । हाम्रो भान्सामा जे जे मरमसलाहरु छन् । ती सबैमा एन्टिभाइरस, इन्टिसेफ्टिक, एन्टिबायोटिक, एन्टि फिभर, एन्टिफङ्गल सबै प्रकारका क्षमताहरु छन् । तिनीहरुको पनि सन्तुलित सेवन गर्दै रहौं । टुसाएको गेडागुडी, फलपूmल, सलादहरु, जडिबुटी खाऔं । हाम्रो भूमिमा अथाह जडिबुटी छन् । अमेरिकामा बेसारको क्याप्सुललाई ८ देखि १० डलर तिरेर खान्छन् । हामी कहाँ त एक हजारमा एक पाथी बेसार पाइन्छ । हर्रो, बर्रो, अमला, गुर्जो, घ्यूकुमारी, चिराइतो, निम घरघरमै पाइन्छ । जसलाई औषधिको रुपमा होइन, भोजनमा सामेल गरौं । त्यसले फाइदा गर्छ । घामको चुल्होमा पाकेको खाना दिनमा एक पटक एक छाक त्यही पुग्ने गरी खानु पर्यो ।
मनले सोच्यो भने सबथोक सकारात्मक छ । एक जना ब्यक्ति जो बर्मेली नेपाली हुनुहुन्छ । जसलाई ब्रेन ट्यूमर भयो । अहिलेसम्म जिवितै हुनुहुन्छ । पन्ध्र सोह्र वर्ष भइसक्यो । मेरो सकारात्मक सोच, आशावादीताले मनौषधिले ठीक गरेको हो । थप योग प्रणायाम र औषधि डाक्टरीले काम गर्यो उहाँ भन्नुुहुन्छ । यतिखेर निरन्तर मनौषधि सेवन गरिरहनु पर्यो । मनौषधि भनेको मनलाई एक लयमा हिँडाउने हो । यसो गर्यो भने मन प्रसन्न पनि भयो । आत्मिक विकास पनि भयो । टेन्सन, फस्टेशन, डिप्रेसन, एग्रेसन, रिग्रेसन र कोरोनाबाट बच्न सकिन्छ । गुरुजी भन्नुहुन्छ, ‘महामारीबाट बच्ने ऊ मात्रै हो अब यो युगमा । जो सूर्यसँग जोडिन्छ । जसले सोलर सिस्टमसँग आफ्नो सम्बन्ध राख्छ ।’ त्यसैले सबैको सुखको कामना गर्दै प्रकृतिसँग प्राथना गरौं, ‘लोका समस्ता, सुखिनो भवन्तु ।’
(लेखक डा. अधिकारीले भारतको हरिद्रवारस्थित देवसंस्कृत विश्वविद्यालय योग विज्ञान तथा मानव चेतनामा विद्यावारिधि गरेका छन् । उनी ‘खाने कसरी, पिउने कसरी’, ‘योग पनि गरौं भोग पनि गरौं’ र ‘यस्तो जीवनशैली’लगायतका पुस्तकका लेखक पनि हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *