सोमवार, माघ १२, २०७७ / Monday 25th January 2021

योग किन गर्ने ?

मनिङ वाक गर्ने, खेल्ने, साइकल चलाउने, जिम जाने, मार्सल आर्ट खेल्ने, एरोबिक्स यी सबै फिजिकल फिटनेसका लागि मात्र हुन् । यिनले कुनै एउटा अंगको मात्र कसरत हुन्छ । योग, प्राणायाम शारीरिक र मानसिक स्वस्थताका लागि हुन्छ । डब्लुएचओले नै सरुवा रोग बाहेक सबै प्रकारका रोगहरु योग र खानपान व्यवस्थापनबाट निको पार्न सकिने भनेको छ । नियमित योग प्राणायाम गर्नेलाई साना तिना रोग नै लाग्दैन । योग, प्राणायाम नगर्नु आफ्नो आयु आफै घटाउने र जीवनलाई बर्बाद गर्नु हो ।


योग नजानेर, योगको महत्व नबुझेर वा व्यस्त जीवनशैलीका कारण हामी योग र ध्यान गर्न समय दिन सकिरहेका छैनौं । योेग–ध्यान, प्राणायाम त हाम्रो जीवन पद्दतीको अभिन्न पाटो नै हो । नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन हामी अहिले होम क्वारेन्टाइनमा छौं । कोरोनाबाट जोगिनका लागि रोगप्रतिरोधात्मक क्षमता चाहिन्छ । त्यसका लागि हामी योगबाट दैनिकी सुरु गर्र्नसक्छौं । मेरो खुसी डट कमले योग, ध्यान, प्राणायाम र त्यसको फाइदाबारे जानकारी दिँदै जानेछ । -सम्पादक

लेखक : डा. राजु अधिकारी

हामी जन्मँदा दुई अढाइ किलोको थियौं । आज यो वजनमा छौं । यो उचाइमा छौं । त्यो दुई अढाइ किलोको शरीरलाई प्रकृतिकै पञ्च तत्व खाना, अन्न, पानी, वायु आदिद्वारा हामी बढ्यौं । ठूलो भयौं । आफूले प्राप्त गरेको आयु र भोग अनुसार हामी सन्चालित हुन्छौैं र यही प्रकृतिमा विश्रर्जित हुन्छौं । प्रकृतिको बडो गजबको सिस्टम छ । जति तौलमा हामी जन्मिएका हुन्छौं, मृत्युपछि हामी त्यत्ति नै तौलमा अस्तुमा बाँकी रहन्छौं । हामी लिएर केही जाँदैनौैं । हिन्दीमा कहावत छ, ‘जितना लेके आया था । सिर्फ उतना ही जायगा ।’ बाघले खाएर मृत्यु भयो भने पनि बाघको गोबर निस्कने भनेको पनि हामी जन्मँदा जति वजन थियो, त्यत्ति नै हो । प्रकृतिले यति गतिलो हिसाब किताब राख्छ, हाम्रो जीवनको बारेमा । हामीले एक चिज पनि थपेर लान पाउँदैनौं । जो प्रकृतिले फिर्ता लिन्छ । प्र्रकृतिमा रहुञ्जेल, धर्तीमा रहुञ्जेल, हामी जिवित रहुञ्जेल, आफ्नो जीवनलाई जुन प्रकृतिको लय, घडीको लय, सूर्य चन्द्रको लय अनुसार यहाँका विभिन्न नियम अनुसार चलाउनुलाई नै जीवनशैली भनिन्छ ।
हामी थोरै मात्रै आफ्नो जीवनमा संवेदनशील बन्यौं । जीवनशैलीलाई अलिकति परिमार्जन गर्न सक्यौं । हाम्रो बायोक्लकलाई, हाम्रो मेन्टल क्लकलाई थोरै मात्र परिष्कृत ग–यौं भने यी तमाम शारीरिक, मानसिक रोगबाट बच्न सक्छौं । वास्तवमा यतिखेर प्राकृतिक चिकित्सा, आध्यात्मिक चिकित्साको सिद्धान्त प्रमाणित हुँदैछ । बाहिर संसारमा कुनै डाक्टर छैैन । जसले हाम्रो रोग निको पारोस् । सबैभन्दा ठूलो डाक्टर म स्वयं हुँ । हजुर स्वयं हो । आफ्नो जीवनकोे आफ्नो शरीरको भाषा बुझ्ने मभन्दा अर्को व्यक्ति हुनै सक्दैन । शरीरका रोगहरुको पीडा, दुखाइ, त्यसको दर्द बुझ्ने अर्को व्यक्ति हुनैसक्दैन । डाक्टरले त केवल हामीलाई रोगबाट बच्ने तरिका, रोग निको पार्न औषधि खाने तरिका र औषधिको नामहरु सुनाइदिन्छ । गर्नुपर्ने सबै हामी आफैले हो । त्यसैले सबैभन्दा पहिले हामीले जीवनशैली व्यवस्थापन बुझ्नुपर्ने हुन्छ । म नै मेरो जीवनको केन्द्रविन्दु हुँ । म नै मेरो जीवनको गुरु हो । म नै मेरोे जीवनकोे चिकित्सक हो । डाक्टर हो । यतिखेर त झन यही प्रमाणित नै भएको छ । यतिखेर कोरोना कहर र लकडाउनका बीचमा हामी घरमैै अर्धसक्रिय भएर बसेका छौं । स्वास्थ्यका लागि शरीरको व्यवस्थापन हाम्रो प्राथमिकता हुनुपर्छ । शरीर व्यवस्थापन पहिलो हो । ग्रस बडीको म्यानेजमेन्ट तथा भौतिक शरीर (बडी) को व्यवस्थापन, दोस्रो प्राणिक (एनर्जी) बडीको व्यवस्थापन, दोस्रो श्वास (माइन्ड)को व्यवस्थापन, तेस्रो मानसिक शरीरको व्यवस्थापन र चौथो सामाजिक शरीर÷पारिवारिक शरीरको व्यवस्थापन (रिलेशन) हो । आफूभित्र स्वयंको सम्बन्ध, परिवार र समाजसँगको सम्बन्ध व्यवस्थापनमा यतिखेर हामी आफूले आफूलाई परीक्षा दिनुपर्ने बेला छ ।

शरीरको व्यवस्थापनका लागि हामी सधैंलाई र यतिखेर हामी के गर्न सक्छौं ? म सजिलो उदाहरणबाट कुरा सुरु गर्छु । जस्तो ः हामी एउटै लुगा सधैं लगाउँदैनौं, मैलिएपछि धुन्छौं । पसिनाले, धुँवाले, धुलोले, मल विकारले बस्त्रलाई मैलाएपछि हामी धुन्छौं । धोएपछि त्यो सफा हुन्छ । एउटा कपडा त यति छिटो मैलिन्छ भने तपाई हाम्रो शरीर कति मैलिन्छ होला ? बाहिरबाट मैलिन्छ । स्नानद्वारा नुहाएर, मुख धोएर, दन्त मञ्जन गरेर बाहिरी सूचिताले त निको हुन्छ । सफा हुन्छ । आन्तरिक मल विकारलाई फाल्नैपर्छ । जसले व्यायाम गर्छ, योग गर्छ । दोष निस्कान हुन्छ । व्यायाम गर्नैपर्छ । अहिलेको युगमा, जमानामा जसले योग, व्यायाम, प्राणायाम गर्दैैन उसले आफूमाथि आफ्नो आयु घटाउने र आफ्नो जीवनलाई बर्बाद गर्ने काम गर्र्दैछ । योगबाट चित्त वृत्ति निरोध हुन्छ अर्थात मनमा रहेका विकार योगले हटाउँछ ।

तपाई हामीसँग १४४० मिनेट छ, एक दिनमा । लकडाउनमा त हामीसँग समय नै समय छ । सोसल मिडिया चलाउने समय अलिकति घटाइदियौं भने पर्याप्त समय हुन्छ । धेरै लामो व्यायाम पनि गरिरहनु पर्दैन । १०/१५ मिनेटको वैज्ञानिक व्यायाम गरे पनि पुग्छ । वैज्ञानिक व्यायाम के हो ? जसले शरीरलाई तन्काउने, निहुराउने, अगाडि झुकाउने, पछाडि झुकाउने, साइडतिर बटार्ने, बसेर गर्ने, उठेर गर्ने सबै आसनहरु मिलाइएको हुनु प¥यो । जस्तो ः सूर्य नमस्कार । १६ आसनको प्रज्ञा योग या गति योग या सुक्ष्म व्यायाम या पेट प्रक्षालन, शंख प्रक्षालनका आसनहरु यतिखेर ग¥यौं भने थोरै समयमा या सधैं पनि शरीरको समानान्तर व्यायाम हुन्छ । तर केवल हातको मात्रै, खुट्टाको मात्रै व्यायाम गरिरह्रयौं भने ती अंगहरु तुलनात्मक रुपले शसक्त हुन्छन् । अरु अंगहरुलाई खासै प्रभाव पर्दैन । योग प्राणायाम फिजिकल कल्चर स्थापित गर्ने विज्ञान हो । बाँकी कोरा व्यायामहरु फिजिकल फिटनेस मात्र हो । तपाईलाई बाहिरबाट राम्रो देखाउँछ । भित्र जीवनी शक्ति, आरोग्यता, जुन ओजस्वी, तेजस्वी हुनुपर्ने हो हुँदैन । जस्तो ः मनिङ वाक मात्रै गर्ने, खेल मात्रै खेल्ने, साइकल मात्रै चलाउने, फिजिकल ट्रेनिङ पिटी गर्ने, मार्सल आर्ट मात्र खेल्ने, एरोबिक्स मात्रै गर्नेहरुलाई पछि गएर बुढेसकालमा कमजोर र अलि जीर्ण रोगले सताउँछ । योग गर्नेमा त्यो सम्भावना कहिल्यै पनि हुँदैन ।
तपाई अहिले मोबाइल, कम्प्युटरमा बसिरहनु भएको छ । त्यसमा तीन इकाइले काम गरेको छ । यसको हार्डवेयर, यसको सफ्टवेयर र यसको इलेक्ट्रोसिटी (पावर व्याकअप) हुन्छ । हार्डवेयर के हो शरीर हो । सफ्ट वेयर के हो ? एप्लिकेशन, प्रोसेसिङ प्याटर्नस् हो । जसले प्रसेस गरेर रिजल्ट दिन्छ । त्यो भनेको हाम्रो मन हो । विद्युत के हो हाम्रो स्वास हो । विद्युत बिना, ब्याट्री व्याकअप बिना कुनै पनि मोबाइल कम्प्युटर, कुनै पनि उपकरण चल्दैन । १० मिनेट शरीरलाई, १० मिनेट सफ्ट वेयरलाई, १० मिनेट जति इलेक्ट्रिसिटी मर्मतलाई दिनु भयो भने मात्र आधा घण्टाबाट नियमितता दिउँ । कोही गरिरहनु भएको छ । यो बेला झन सजग होउ । मैले वैज्ञानिक गर्दै छु कि छैन । मेरो शरीरको प्रकृति अनुकूल छ कि छैन ? मेरो आयु अनुकूल छ कि छैन ? भूमि अनुकूल छ कि छैन ? हाम्रो भूमि मौसम अनुकूल पनि हुनुपर्छ । यी कुराहरु विचार गरेर थोरै एकैछिन लगानी गरौं । व्यस्त, मस्त, स्वस्थ भइन्छ । डब्लुएचओको वेभसाइट खोलेर हेर्नुभयो भने जुनसुकै सरुवा रोग बाहेक सबै प्रकारका रोगहरुमा दुइटा कुराबाट रोगाउपचार सुरु हुन्छ । योगव्यायामबाट या खानपान व्यवस्थापनबाट । म त काम गर्छु, उकालो ओरालो हिड्छु । श्रम गर्छु । किचन, घर भ¥याङ भन्छौं । त्यो व्यायाम होइन । त्यो श्रम हो । श्रम र व्यायाममा फरक छ । श्रमले पनि फाइदा त दिन्छ तर व्यायाम जत्तिको फाइदा दिँदैन । शरीरलाई सक्रिय भने राख्छ । शरीरका लागि १० मिनेटदेखि आधा घण्टा समय निकाल्न सबैलाई म बिन्ति गर्छु । लागम् हल्कापन, कर्म सामथ्र्यम् (काम गने क्षमता), दोष क्षय (शरीरको मल विकार निकाल्छ), अग्नी वृद्धि (हाम्रो शरीरमा १३ प्रकारको आगोहरु बलिरहेका छन् । दोषाग्नी, धाषाग्नी, पेटको अग्नी जसले रगत बनाउँछ । हड्डी बोसो हुँदै रज र विर्य बन्ने अग्नी) सशक्त हुन्छ, व्यायामले ।
तपाई हाम्रो शरीरमा दैविक उर्जा छ । वायो म्याग्न्याटिक उर्जा छ । जसको ठूलो औरा छ । जसको ठूलो सुरक्षा कवज छ । ऊ प्रभावशाली हुन्छ । उसले भनेको अरुले मान्छन् । जस्तो ः छैन आफ्नै छोराछोरीले मान्दैनन् । आफ्नै पति पत्नीले मान्दैनन् । कारण हो, हाम्रो जीवनको उर्जा तरंग कमजोर भयो । उर्जा तरंगलाई मजबुत राखौं । यसैको नाम जीवनी शक्ति हो । यसैको नाम रोगप्रतिरोधात्मक क्षमता हो । यसका लागि प्राणायाम सर्वाधिक महत्वपूर्ण छ । दैनिक ५ मिनेट देखि २० मिनेटसम्म गर्नसक्छौं । हुन त कुनै पनि प्राणायाम २४ मिनेटसम्म नगरे फाइदा खासै फाइदा हुँदैन भनिन्छ । छोटो समयबाट सुरु गरौं । शरीरको अवस्था अनुसार क्रमशः बढाउँदै जाऔं । हामी जति गास खाएर अघाइन्छ । भनिन्छ, त्यत्ति पटक प्राणायाम गर्नुपर्छ । लाभ लिनका लागि । चाहे त्यो अनिलोम विलोन होस् । चाहे भस्त्रिका होस् । चाहे भ्रामरी होस् । यतिखेर नाडी शोधन र अनुलोम विलोन जीवनी शक्ति बढाउन, मल विकार र कफ, निकाल्न, फोक्सोलाई मजबुत गर्न कपालभाँती, नमस्ते प्राणायाम गर्न सकिन्छ । नमस्ते प्राणायामले कपालभाँती, भस्त्रिका र नाडी शोधन तीन वटैको काम गर्छ । हामीले दुई खालको प्राणायाम जरुरी छ । एउटा शरीरलाई सन्तुलिकरण गर्ने र शरीरको उर्जालाई व्यवस्थापन गर्ने र अर्को कफ, धुलोका कणलाई निकाल्ने । फोक्सोलाई स्वस्थ राख्ने ।
हाम्रा पूर्खाहरुले ब्रह्मचर्य भनेका छन् । यसलाई कतिले मानसिक अनुशासन भन्छन् । शारीरिक ब्रह्मचर्यको यतिखेर खास आवश्यकता छ । जो ब्रह्मचर्यमा रहन्छ यतिखेर, जो शारीरिक सम्बन्धको अनुशासनमा रहन्छ । उनमा जीवनी शक्ति बचत हुन्छ । यो महत्वपूर्ण कडी छ । जंक फुड र नसाजन्य पदार्थले हाम्रो जीवनी शक्तिलाई खत्तम गर्छ । नकारात्मक चिन्तनले पनि हाम्रो जीवनी शक्तिलाई नास गर्छ । झारमा हिड्ने । प्रकृतिमा हिड्ने, माटोमा हिड्ने, ढुंगामा टेक्ने, चिसो पानीमा स्नान गर्ने, घाम हेर्ने, सूर्यलाई अर्घ दिने, नमस्कार गर्ने, सूर्य भेदी प्रणायाम गर्ने, सूर्य चालिसाको पाठ गर्ने, आदित्य स्तोत र आदित्य हृदयको पाठ गर्ने, सूर्य मन्त्रको जप गर्ने ग¥यो भने जीवनी शक्ति बढ्छ ।
(लेखक डा. अधिकारीले भारतको हरिद्वारस्थित देवसंस्कृत विश्वविद्यालय योग विज्ञान तथा मानव चेतना विषयमा विद्यावारिधि गरेका छन् । उनी ‘खाने कसरी, पिउने कसरी’, ‘योग पनि गरौं भोग पनि गरौं’ र ‘यस्तो जीवनशैली’लगायतका पुस्तकका लेखक पनि हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *