चुरे माविको स्वर्ण महोत्सवमा १३५ जनाद्वारा रक्तदान

नेपालगन्ज : बर्दियाकोे चुरे माध्यमिक विद्यालयको स्वर्ण महोेत्सवको अवसरमा मंगलबार १३५ जनाले रक्तदान गरेका छन् ।
ठाकुरबाबा नगरपालिकाको आयोजना तथा स्थानीय सरोकारवाला संघसंस्थाहरुको सहकार्यमा आयोजित बृहत रक्तदान कार्यक्रममा ३१ जना महिला र १०४ जना पुरुषले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा बर्दियाका अध्यक्ष प्रेमप्रसाद लम्सालले जानकारी दिए । रक्तदान गर्नेमा धेरै जना युवा पुस्ताले पहिलो पटक रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँकेको क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक टोली पुगेको थियो ।