बाँकेमा २०औं विश्व रक्तदाता दिवस : दुई पत्रकार र एक रक्त अभियन्तालाई सम्मान

नेपालगन्ज :  २० औं विश्व रक्तदाता दिवसको अवसरमा नेपालगन्जमा दुई जना पत्रकार र एक रक्त अभियन्तालाई सम्मान गरिएको छ ।
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेको आयोजना र नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघले शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा रक्तदान कार्यक्रममा
१०० पटक रक्तदान गर्ने पत्रकार पवन जायसवाल र नियमित रुपमा त्रैमासिक रक्तदानको ६०औं श्रृङ्खला सफलतापूर्वक सम्पन्न गर्ने वरिष्ठ पत्रकार पूर्णलाल चुकेलाई सम्मान गरिएको थियो । त्यसैगरी नेपाल रेडक्रस सोसाइटी बाँकेको प्रादेशिक रक्तसञ्चार सेवा केन्द्रमा निरन्तर तीन दशकदेखि प्राविधिक सेवा गरिरहेका केन्द्र प्रमुख उपेन्द्र रेग्मीलाई सम्मान गरिएको थियो । नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय सदस्य गोविन्द वाग्ले, समाजको बाँके शाखाकी अध्यक्ष दिला शाह र नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका अध्यक्ष किरण कार्कीले सम्मानित व्यक्तित्वहरुलाई दोसल्ला ओढाएर सम्मान तथा प्रशंसा पत्र हस्तान्तरण गरेका थिए ।
नेपालगन्ज औद्योगिक क्षेत्र उद्योग विकास संघ बाँकेका अध्यक्ष किरण कार्कीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मानव प्रमुख अतिथि नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, नेपाल स्वयंसेवी रक्तदाता समाज, बाँके शाखाकी अध्यक्ष दिला शाह, सम्मानित त्रय पूर्णलाल चुके, पवन जायसवाल र उपेन्द्र रेग्मीले जीवनमा रगतको महत्व र आवश्यकताका बारेमा बोल्दै रगतको अभाव हुन नदिन सबैले आआफ्नो तहबाट रक्तदान अभियानमा हातमालो गुर्नपर्ने धारणा राखेका थिए ।
सोही अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, विवेक थापा, धर्मराज उपाध्याय, शरदप्रसाद रिजाल, कमलजीत सिंह, सुरेश अधिकारी, मिमेषकुमार मास्के, गीता खत्री, सुजता खरेल, पवनदेव अर्याल, दिपेन्द्र उपाध्याय, विष्णु खनाल, जगदीश उपे्रती, खड्गबहादुर थापा लगायत महिला पुरुष गरी १६ जनाले रक्तदान गरेका थिए ।
प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, राजेन्द्र महतरा, होमराज गिरी, शिवराज शाही र प्रजिता योगीले प्राविधिक सहयोग सहयोग गरेका थिए । रक्त समूह पत्ता लगाउने वैज्ञानिक डा. कार्ल ल्याण्डस्टाइनरको जन्मदिनको अवसर पारेर हरेक वर्ष १४ जूनका दिन विश्व रक्तदाता दिवस मनाइन्छ । सदा झै यस वर्ष पनि १४ जूनका दिन रक्तदान कार्यक्रम गरी दिवस मनाइएको छ । सन् २००४ मा पहिलो पटक विश्व रक्तदाता दिवस मनाइएको थियो ।