लियो जिल्ला परिषद् ३२५ एनको अध्यक्ष गिरीलाई घोषणा

नेपालगन्ज : लियो जिल्ला परिषद् ३२५ एन नेपालको नेतृत्व चयनमा डेढ महिनादेखिको विवाद अन्त्य भइ कञ्चनपुरका मदन गिरी अध्यक्ष भएका छन् ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्कि ३२५ एनको शनिबार बाँकेमा सम्पन्न चौथो क्याबिनेट बैठक समापनको अवसरमा गर्भनर मुकुट ढकालले गिरीलाई लायन वर्ष २०२४ २०२५ को लागि अध्यक्ष घोषणा गरेका हुन् । उपाध्यक्षमा भने गर्भनर ढकालले बाँकेका प्रकाश कुँवरलाई घोषणा गरे ।

लियो जिल्ला परिषद् ३२५ एनको निर्वाचनमा उपाध्यक्ष पदका उम्मेदवार सिद्धार्थ कायस्थ लगायतका लियो नेताहरुले भने स्थगित भएको निर्वाचन प्र्रक्रियालाई बेवास्ता गर्दै टीके प्रथाबाट नेतृृत्व चयन गरिएको भन्दै विरोध गरेका थिए । आक्रोसित उनीहरुले घोषणाको विरोेधमा नारा लगाउने र लायनकर्मीलाई हलको ढोकाबाट बाहिर निस्कन अवरोध गर्दै विरोध प्रदर्शन गरेका थिए ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्र्कि ३२५ एनले दोस्रो एनएलफ कन्फ्रेन्स र चौैथो क्याबिनेट मिटिंग सम्पन्न भयो । सो अवसरमा क्लब र डिष्ट्र्किलाई विभिन्न क्षेत्रबाट योगदान दिने ३७५ जनालाई सम्मान गरिएको थियो ।