आनन्द उत्सव कार्यक्रम सम्पन्न

नेपालगन्ज : द आर्ट अफ लिभिङले नेपालगन्जमा आयोजना गरेको आनन्द उत्सव (ह्याप्पिनेस प्रोग्राम) शनिबार सम्पन्न भएको छ
द आर्ट अफ लिभिङ बाँके जिल्ला समन्वय समितिले आयोजना गरेको ६ दिने आनन्द उत्सव सोमबारदेखि सुरु भएको हो । द आर्ट अफ लिभिङका प्रशिक्षक सुचिता थापा, ऋषि सापकोटा र माला शर्माले सहजीकरण गरेका थिए ।

तालिम समापनको अवसरमा द आर्ट अफ लिभिङ बाँके जिल्ला समन्वय समितिका संयोजक शंकरप्रसाद खनालले तनाव रहित मन, रोग मुक्त शरीर र हिंसारहित समाज भन्ने मूल नाराका साथ विश्वभर योग, ध्यान, प्राणायाम, सुदर्शन क्रिया, सेवा र शिक्षाका क्षेत्रमा काम गरिरहेको द आर्ट अफ लिभिङमा सहभागीहरुलाई स्वयंसेवकको रुपमा सक्रिय हुन आग्रह गरेका थिए । ह्याप्पिनेस प्रोग्रामा २९ जना सहभागी थिए ।

सोही अवसरमा आर्ट अफ लिभिङको इन्ट्यूशन प्रोसेसको कोर्ष गरेकी कोहलपुरकी १० वर्षीया ऋषिमा सापकोटाले आँखा बन्द गरेर, छामेकै भरमा लेखिएका अक्षर, रुपैयाँ र रुपैयाँमा लेखिएको नम्बर, कागजमा लेखेर दिएका अक्षर पढेर सबैलाई चकित पारेकी थिइन् । इन्ट्यूशन प्रोसेस ५ वर्षदेखि १८ वर्षसम्मका बालबालिकाको अन्र्तज्ञान प्रस्फुटन गराएर उनीहरुको क्षमता विकास गर्ने कार्यक्रम हो ।