नेपालगन्ज-१८ द्वारा हावाहुरी पीडितलाई सहयोग
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ ले हावाहुरी पीडित परिवारलाई सहयोग गरेको छ ।नेपालगन्ज-१८ वडा अध्यक्ष दीपक वर्माका अनुसार गत महिना आएको हावाहुरीबाट नयाँबस्ती टोलमा क्षति भएका ७ वटा घर परिवारहरुलाई राहत स्वरूप जनही १० हजार रुपैयाँ र प्रति परिवार एक एक थान ट्रिपाल सहयोग गरिएको हो ।

सहयोग रकम पीडितको बैंक खातामार्फत उपलब्ध गराइएको वडाध्यक्ष वर्माले जानकारी दिए । वडाको सहयोगपछि पीडितहरु निकै खुसी देखिन्थे ।









