५० वर्षमाथिका हजुरआमाको दौडमा ५४ वर्षिया बुढा प्रथम

५० वर्षमाथिका महिलाको दौडमा प्रथम भएकी नेपालगन्जकी ५४ वर्षिया धनसरा बुढा । फोटोहरु : अम्बिका काफ्लेको फेसबुकबाट

नेपालगन्ज : ५० वर्षभन्दा माथिको उमेर समूहका महिलाको गोल्डेन ग्रान्ड माँ (दौडिन्छन् हजुरआमा) दौडमा धनसरा बुढा प्रथम भएकी छन् ।
दैनिक नेपालगन्ज पत्रिकाको १५औं वर्षगाँठको अवसरमा शनिबार बिहान नेपालगन्जमा सम्पन्न दौडमा नेपालगन्ज उपमहानगरपालिका २० कि ५४ वर्षिया बुढाले उपाधि जितेकी हुन् ।
लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेय प्रमुख अतिथि र कर्णाली प्रदेश सरकारका अर्थमन्त्री राजिव शाह विशेष अतिथि रहेको दौड प्रतियोगितामा सहभागी हुुन् जिल्लाका विभिन्न स्थानबाट जेष्ठ नागरिक महिलाको सहभागिता रहेको थियो ।